मुख्य समाचार
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप २०२६ को आलोचना गर्नेप्रति कडा प्रहार गर्दै उनीहरूले झूटो अफवाहसँगै घृणा फैलाएको आरोप
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप २०२६ को आलोचना गर्नेप्रति कडा प्रहार गर्दै उनीहरूले झूटो अफवाहसँगै घृणा फैलाएको आरोप

— विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप २०२६ को आलोचना गर्नेप्रति कडा प्रहार गर्दै उनीहरूले झूटो अफवाहसँगै घृणा फैलाएको आरोप लगाएका छन् । उनले प्रतियोगिता सफल रहेको दाबी गर्दै यो एकता, सुरक्षा र समावेशिताको उत्सवमा परिणत भएको पनि बताए ।

उनले फिफाको आधिकारिक सामाजिक सञ्जालमा सोमबार एक खुलापत्र लेखेका हुन् । यसक्रममा ५६ वर्षीय इन्फान्टिनोले विश्वका लाखौं प्रशंसकले अनुभव गरेको खुसी र भाइचारालाई आलोचकले बेवास्ता गरेको पनि आरोप लगाए ।

यसपल्टको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको थियो । प्रतियोगिताको विजेता भने स्पेन रह्यो र उसले फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयको खेलमा हराएको थियो ।

उनको भनाइ रहेको छ, ‘आलोचकले घृणा र आलोचना यति धेरै गरे कि यस क्रममा विश्वकपका सबै राम्रा पक्ष छुटे । कलम र कागजको मद्दतले, स्क्रिन पछाडि बसेर घृणा र झूटो अफवाह फैलाउने सबैलाई म भन्न चाहन्छु, फिफाले कडा मिहिनेत गरेर विश्वकै उत्कृष्ट प्रतियोगिता आयोजना गरेर देखाएको छ । पूरा प्रतियोगिताका क्रममा कुनै हिंसा र अप्रिय घटना भएन ।’

उनको निचोड थियो, विश्वकपले शतप्रतिशत सुरक्षा र केवल खुसी र आनन्द मात्र दिएको छ । विश्वकपका क्रममा फिफाले अनेक विषयमा आलोचना सहनुपरेको थियो । यसमा अमेरिकाले लागू गरेको कडा भिसा नीति र अमेरिकाविरुद्ध द्वन्द्वमा रहेका देशप्रति गरिएको व्यवहार थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकै हस्तक्षेपपछि फोलारिन बालागेनको रातो कार्डको एक खेल प्रतिबन्ध कायम रहेको थिएन ।

बोस्निया एन्ड हर्जगोभिनाविरुद्धको खेलमा रातो कार्ड खाएपछि हुने एक खेलको निलम्बन स्वतः कसरी हट्यो भनेर ठूलो विवाद भएको थियो । यस्तै अर्जेन्टिना र इजिप्टबीचको खेलमा रेफ्रीको निर्णय एकपक्षीय भयो भनेर पनि व्यापक आलोचना भएको थियो । तर इन्फान्टिनोले यी घटनाबारे केही पनि बोलेका छैनन् । तर उनले यी घटनालाई विश्वभरिका प्रतियोगितामा सामान्य मानिने भने बताए ।

उनको तर्क थियो, ‘यस्तो घटना विश्वकपका केही ठूला लिगमा नियमित र व्यापक हुने गरेका छन् । सम्भावित रूपमा गलत निर्णयबीच दिइएका रातो र पहेंलो कार्डपछि प्रतिबन्ध फुकुवा हुने निर्णय गरेका नै छन् । यस्तै अभ्यास अपनाउने देशले पनि यसको आलोचना गर्छ भने त्यसमा आश्चर्य मान्नुपर्छ । त्यसैले यसबारे पनि धेरै आलोचना ठीक छैन ।’

राजनीतिक तनाव, घरेलु हिंसा र स्वास्थ्य चुनौतीबीच केही देशको सहभागिताले उल्टै एकताको सन्देश गएको पनि उनको दाबी थियो । इन्फान्टिनोको भनाइ थियो, ‘इरानले बिनाकुनै घटना र द्वन्द्वबीच अमेरिकामा प्रवेश पाएकै हो । इरानले किन यस्तो अवसर पायो भन्दा फुटबल शान्तिका लागि हो, यो राजनीति गर्नेका लागि होइन, यो पनि प्रस्ट छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: २०औं एसियन गेम्स २०२६ मा नेपालको महिला टेबल टेनिस टोली पदकको दौडबाट बाहिरिएको छ। जापानको आइची नागोयामा भइरहेको प्रतियोगितामा इभाना थापा, योङ्गी पौडेल र नवीता श्रेष्ठको टोली टिम इभेन्टबाट बाहिरिएको हो। स्काई हल टोयोटामा सोमबार बिहान भएको खेलमा माकाउ ३-१ ले पराजित हुँदै नेपाली टिम बाहिरिएको हो। समूह 'ए' मा रहेको नेपाली टोली सोमबार चीनसँग ...
: २०औं एसियन गेम्स २०२६ अन्तर्गत क्लासिफिकेसन खेलमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ। जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३-० ले पराजित भएको हो। हङकङसँग नेपाल २५-२०, २५-१९ र २८-२६ ले पराजित भएको हो। नवौं स्थानको लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले अब ११ औं स्थानको लागि खेल्नेछ। नेपालले ...
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ पदकविहीन बनेकी छन्। कुमुते विधाको ६८ केजीमाथिको कास्य पदकको लागि भएको खेलमा एरिका साउदी अरेबीयाकी दिना अहमद मुस्तफासँग ८–७ ले पराजित भएकी हुन्। सेमिफाइनल खेलमा एरिका काजकिस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्। उनले क्वाटरफाइनलमा जोर्डनकी यारा नसिरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल ...
: २० औं एसियन गेम्स अन्तर्गत महिला भलिबलमा समूह चरणबाट बाहिरिएका टोलीहरुबिच भएको वरियताको खेलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजिनत गरेको हो। नेपालले किर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले हराएको हो । जापानको आइची नागोयामा भइरहेको २० औं एसियन गेम्समा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गरेको थियो। ...
। कप्तान राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो अग्रता थप फराकिलो बनाएको छ । रामोन सान्चेज पिजुआनमा भएको खेलमा घरेलु टोली सेभियाले १९औं मिनेटमा युसुफ फोफानाको गोलबाट अग्रता लिए पनि बार्सिलोनाले त्यसको तीन मिनेटमै जवाफ फर्कायो । राफिन्हाले बक्सभित्रबाट उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम