मुख्य समाचार
भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएका कपडा र मोटरसाइकलसहित तीन जना पक्राउ
भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएका कपडा र मोटरसाइकलसहित तीन जना पक्राउ

। सप्तरीमा भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएका कपडा र मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरी चौकी पातो र प्रहरी चौकी तरहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ३ बजे डाक्नेश्वरी नगरपालिका-३ स्थित तरही सडक खण्डमा गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतको लौकहीबाट तरहीतर्फ आउँदै गरेका मधेश प्रदेश ०६-००१-५१२७४ नम्बरको बजाज पल्सर मोटरसाइकल चालक २२ वर्षीय अख्तर र सोही मोटरसाइकलमा सवार १९ वर्षीय अमित कुमार रायलाई शंका लागी जाँच गर्दा रातो बोराभित्र विभिन्न किसिमका लत्ताकपडा फेला परेको थियो।

त्यसैगरी बीआर१४ई ०४३९ नम्बरको हिरो एचएफ डिलक्स मोटरसाइकल चालक २५ वर्षीय मोहम्मद इजरायलले मोटरसाइकलमा बाँधिएको सेतो बोराबाट पनि अवैध रूपमा ल्याइएका लत्ताकपडा बरामद गरिएको प्रहरीले जनाएको छ।


उक्त बरामद लत्ताकपडा, दुई वटा मोटरसाइकल र तीनै जनाको कुल मूल्य करिब रु. ३ लाख ६९ हजार ६ सय रहेको सप्तरी प्रहरीले जनाएको छ।

बरामद सामान तथा नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बिहान ९ बजेको समयमा दया प्रसाद थारुको घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्यांकीमा तीन जना मजदुर फसेका थिए । लगत्तै खटिएको टोलीले सेफ्टी ट्यांकी फुटाएर हेर्ने क्रममा तीन जना नै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत ...
। निर्वाचनमा भाग नलिने दल दर्ता खारेज गर्ने प्रस्तावित निर्वाचन आयुक्त मानबहादुर कार्कीको प्रस्तावको संसदीय सुनुवाइ समितिमै विरोध भएको छ । ‘निष्क्रिय रहेका पार्टीको दल दर्ता खारेज किन नगर्ने भन्ने कुरा आयो । यो संविधानसँग सम्बन्धित छ,’ कांग्रेस सांसद अर्जुननरसिंह केसीले भने, ‘लोकतन्त्र र यसको मूल्य मान्यतासँग सम्झौता हुदैन ।’ केसी अगाडि बोलेका प्रस्तावित निर्वाचन आयुक्त कार्कीले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ वर्ष उमेर पुगेकालाई मतदान गर्न दिने व्यवस्थाको प्रस्ताव गरेको छ । हाल १८ वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ । ‘१६ वर्षमा मतदान गर्न दिनुपर्छ भन्दै आएको व्यक्ति हो,’ रास्वपाका संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले भने, ‘यो विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । यसले युवालाई प्रोत्साहन ...
। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तो अभ्यास हालसम्म भएको छैन। अब यो काम आफुले गर्ने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले बताएका हुन् । कार्कीको संसदीय सुनुवाइ जारी छ । सुनुवाइमा प्रस्तुतीकरण गर्दै उनले चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ ...
। बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन् । कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका– ५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल मृत भेटिएका हुन् । उनी आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।