। पहिरो पन्छाइएसँगै मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
मुग्लिन नजिकै रहेको सडकखण्ड अन्तर्गत खहरे खोलामा सुक्खा पहिरो खस्दा मंगलबार दिउँसो ३ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
यसअघि पनि पहिरो खसेर मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको थियो । करिब साढे ४ घण्टापछि पहिरो पन्छाएपछि सवारी सञ्चालनमा आएको थियो ।
पहिरो हटाएर सवारी सञ्चालन भएको दुई घण्टापछि पुन: पहिरो खसेर सडक अवरुद्ध बनेको थियो ।