मुख्य समाचार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्ने तयारी
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्ने तयारी

। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्ने तयारी थालेको छ । फुटबलको विश्वकपलाई ४८ टोलीसम्म विस्तार गरेको फिफाको बाटो पछ्याउँदै आईसीसीले पनि टी–२० विश्वकपमा सहभागी टोलीको संख्या चरणबद्ध रूपमा बढाउने योजना अघि सारेको हो ।

बेलायती सञ्चारमाध्यम द टेलिग्राफ मा प्रकाशित समाचार अनुसार आईसीसीले सन् २०३० मा इंग्ल्यान्ड, वेल्स र आयरल्यान्डमा हुने टी–२० विश्वकपदेखि सहभागी टोली संख्या २४ पुर्‍याउने लक्ष्य राखेको छ । त्यसपछि सन् २०३२ सम्म प्रतियोगितालाई ३२ टोलीसम्म विस्तार गर्ने दीर्घकालीन योजना बनाइएको छ। सन् २०३२ को विश्वकपको आयोजक भने अझै तय भइसकेको छैन ।

हालै भारत र श्रीलङ्कामा सम्पन्न टी–२० विश्वकपले एसोसिएट राष्ट्रहरूको बढ्दो प्रतिस्पर्धात्मक क्षमता देखाएपछि प्रतियोगिता विस्तारको पक्षमा बलियो आधार तयार भएको आईसीसीको बुझाइ छ ।

यस संस्करणमा जिम्बाबेले अस्ट्रेलिया र श्रीलङ्कालाई हराउँदै समूह चरण पार गरेको थियो भने इटाली र नेपालले पनि इंग्ल्यान्डजस्तो बलियो टोलीलाई कडा चुनौती दिएका थिए ।


यसअघि २० टोली सहभागी हुने विश्वकपमा चार समूहबाट सुपर–८ चरण खेलाइँदै आएको थियो । तर सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपदेखि नयाँ फर्म्याट लागू हुनेछ ।

पाँच समूहमा चार–चार टोली रहनेछन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–१० मा पुग्नेछन् र त्यसपछि सेमिफाइनल खेलाइनेछ ।

यदि प्रतियोगिता २४ टोलीसम्म विस्तार भयो भने सबैभन्दा सम्भावित ढाँचा छ समूहमा चार–चार टोली रहने र प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–१२ मा पुग्ने हुनेछ ।

प्रतियोगिता विस्तारबाट नेपालसहित एसोसिएट राष्ट्रहरूलाई सबैभन्दा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा तीव्र रूपमा क्रिकेट विकास गरिरहेका जर्मनी, नाइजेरियाजस्ता राष्ट्रले पहिलो पटक विश्वकप खेल्ने अवसर पाउन सक्छन् ।

त्यस्तै मलेसिया, स्पेन, कुवेत, कतार, जर्सी, बहराइन, बर्मुडा र साउदी अरेबियाजस्ता टोलीहरू पनि विश्वकपको दौडमा बलियो दाबेदार बन्नेछन् ।

नेपाल, इटाली, युगान्डा, पपुवा न्युगिनी, हङकङ, अमेरिका र क्यानडाजस्ता टोलीका लागि भने यो विस्तार विश्वकपमा नियमित उपस्थिति जनाउने सुनौलो अवसर बन्न सक्छ ।

तर आईसीसीको यो विस्तार योजनासँगै अर्को निर्णय भने विवादमा परेको छ । आईसीसीले आगामी एकदिवसीय विश्वकपमा सहभागी टोली संख्या १४ बाट घटाएर १२ बनाउने निर्णय गरिसकेको छ । यसले एसोसिएट राष्ट्रहरूको अवसर झन् साँघुरिने भन्दै व्यापक आलोचना भइरहेको छ ।

नयाँ एकदिवसीय विश्वकप फर्म्याटअनुसार तल्लो वरियताका तीन राष्ट्रले मुख्य प्रतियोगितामा सिधै स्थान नपाई ‘प्ले–इन’ प्रतियोगिता खेल्नुपर्नेछ । त्यसपछि मात्र अन्तिम टोलीले विश्वकपमा स्थान बनाउनेछ ।

विश्व क्रिकेटर्स एसोसिएसन (डब्ल्यूसीए) का प्रमुख कार्यकारी अधिकृत टम मोफाटले आईसीसीको निर्णयलाई विश्वव्यापी क्रिकेट विस्तारको लक्ष्यसँग मेल नखाने बताएका छन् । उनका अनुसार विश्वव्यापी क्रिकेट विकासको कुरा गर्ने तर विश्वकपमा अवसर घटाउने निर्णय परस्पर विरोधाभासपूर्ण छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले यस्ता महत्वपूर्ण निर्णय गर्दा खेलाडीसँग पर्याप्त परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले पनि विश्वकप छनोट गर्नु आफैंमा ठूलो उपलब्धि भए पनि त्यसको मूल्य नै घटाउने निर्णय निराशाजनक रहेको बताएका छन् ।

आईसीसीले प्रतियोगिता विस्तारमार्फत टी–२० क्रिकेटलाई अझ विश्वव्यापी बनाउने लक्ष्य राखेको भए पनि एकदिवसीय विश्वकपमा अवसर कटौती गरेको निर्णय भने अझै पनि क्रिकेट जगतमा बहसको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: २०औं एसियन गेम्स २०२६ मा नेपालको महिला टेबल टेनिस टोली पदकको दौडबाट बाहिरिएको छ। जापानको आइची नागोयामा भइरहेको प्रतियोगितामा इभाना थापा, योङ्गी पौडेल र नवीता श्रेष्ठको टोली टिम इभेन्टबाट बाहिरिएको हो। स्काई हल टोयोटामा सोमबार बिहान भएको खेलमा माकाउ ३-१ ले पराजित हुँदै नेपाली टिम बाहिरिएको हो। समूह 'ए' मा रहेको नेपाली टोली सोमबार चीनसँग ...
: २०औं एसियन गेम्स २०२६ अन्तर्गत क्लासिफिकेसन खेलमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ। जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३-० ले पराजित भएको हो। हङकङसँग नेपाल २५-२०, २५-१९ र २८-२६ ले पराजित भएको हो। नवौं स्थानको लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले अब ११ औं स्थानको लागि खेल्नेछ। नेपालले ...
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ पदकविहीन बनेकी छन्। कुमुते विधाको ६८ केजीमाथिको कास्य पदकको लागि भएको खेलमा एरिका साउदी अरेबीयाकी दिना अहमद मुस्तफासँग ८–७ ले पराजित भएकी हुन्। सेमिफाइनल खेलमा एरिका काजकिस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्। उनले क्वाटरफाइनलमा जोर्डनकी यारा नसिरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल ...
: २० औं एसियन गेम्स अन्तर्गत महिला भलिबलमा समूह चरणबाट बाहिरिएका टोलीहरुबिच भएको वरियताको खेलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजिनत गरेको हो। नेपालले किर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले हराएको हो । जापानको आइची नागोयामा भइरहेको २० औं एसियन गेम्समा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गरेको थियो। ...
। कप्तान राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो अग्रता थप फराकिलो बनाएको छ । रामोन सान्चेज पिजुआनमा भएको खेलमा घरेलु टोली सेभियाले १९औं मिनेटमा युसुफ फोफानाको गोलबाट अग्रता लिए पनि बार्सिलोनाले त्यसको तीन मिनेटमै जवाफ फर्कायो । राफिन्हाले बक्सभित्रबाट उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम