मुख्य समाचार
रोबर्टो मान्सिनीलाई दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
रोबर्टो मान्सिनीलाई दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त

। रोबर्टो मान्सिनीलाई दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । इटाली फुटबल महासंघ (एफआईजीसी) ले मंगलबार मान्सिनीलाई नयाँ प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि यसअघिका प्रशिक्षक गेनारो गट्टुसोले अप्रिलमा इटालीको मुख्य प्रशिक्षकको पद छाडेका थिए । अब मान्सिनीले उनको स्थान लिनेछन् ।

आन्द्रे पिर्लो प्रशिक्षक पदको दौडबाट पछि हटेपछि र प्राविधिक निर्देशक पाओलो माल्दिनीले राजीनामा दिएको एक दिनपछि मान्सिटी पुन: इटालीको मुख्य प्रशिक्षक बनेका हुन् । इटालीको मुख्य प्रशिक्षक पदमा पेप ग्वार्डिओला लगायतको नाम चर्चामा आएपनि अन्तिमम मान्सिनी नै प्रशिक्षक बनेका हुन् ।

६१ वर्षीय मान्सिनीले यसअघि सन् २०१८ देखि २०२३ सम्म इटालीको प्रशिक्षकको भूमिका थिए । उनको प्रशिक्षणमा इटालीले इंग्ल्यान्डलाई पराजित गर्दै युरो २०२० को उपाधि जितेको थियो ।


साथै उनको नेतृत्वमा इटालीले लगातार ३७ खेलसम्म अपराजित रहँदै विश्व कीर्तिमान नै बनाएको थियो । तर २०२२ को विश्वकपमा छनोट हुन असफल भएपछि उनले राजीनामा दिएका थिए ।

पूर्व मिडफिल्डर पिर्लो पनि प्रशिक्षकको जिम्मेवार सम्हाल्न तयार देखिएका थिए । तर सोमबार रुसको एक सट्टाबाजी (बेटिङ) कम्पनीसँगको उनको सम्बन्धलाई लिएर विवाद उत्पन्न भएछि उनी पछि हटेका हुन् ।

इटाली फुटबल महासंघका अध्यक्ष जियोभानी मालागोले बीबीसीसँग भने, ‘मुख्य प्रशिक्षक बन्नका लागि रोबर्टो मान्सिनी नै सबैभन्दा उपयुक्त व्यक्ति हुन् भन्ने मलाई विश्वास थियो ।’

यस्तै सन् २०१५–१६ मा लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका क्लाउडियो रानिएरीले माल्दिनीको स्थानमा प्राविधिक निर्देशकको जिम्मेवारीमा रहनेछन् ।

दुई साताअघि मात्रै प्राविधिक निर्देशक नियुक्त भएका माल्दिनी र सल्लाहकार लियोनार्डोले पिर्लोलाई प्रशिक्षक नियुक्त नगरेपछि राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: २०औं एसियन गेम्स २०२६ मा नेपालको महिला टेबल टेनिस टोली पदकको दौडबाट बाहिरिएको छ। जापानको आइची नागोयामा भइरहेको प्रतियोगितामा इभाना थापा, योङ्गी पौडेल र नवीता श्रेष्ठको टोली टिम इभेन्टबाट बाहिरिएको हो। स्काई हल टोयोटामा सोमबार बिहान भएको खेलमा माकाउ ३-१ ले पराजित हुँदै नेपाली टिम बाहिरिएको हो। समूह 'ए' मा रहेको नेपाली टोली सोमबार चीनसँग ...
: २०औं एसियन गेम्स २०२६ अन्तर्गत क्लासिफिकेसन खेलमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ। जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३-० ले पराजित भएको हो। हङकङसँग नेपाल २५-२०, २५-१९ र २८-२६ ले पराजित भएको हो। नवौं स्थानको लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले अब ११ औं स्थानको लागि खेल्नेछ। नेपालले ...
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ पदकविहीन बनेकी छन्। कुमुते विधाको ६८ केजीमाथिको कास्य पदकको लागि भएको खेलमा एरिका साउदी अरेबीयाकी दिना अहमद मुस्तफासँग ८–७ ले पराजित भएकी हुन्। सेमिफाइनल खेलमा एरिका काजकिस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्। उनले क्वाटरफाइनलमा जोर्डनकी यारा नसिरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल ...
: २० औं एसियन गेम्स अन्तर्गत महिला भलिबलमा समूह चरणबाट बाहिरिएका टोलीहरुबिच भएको वरियताको खेलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजिनत गरेको हो। नेपालले किर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले हराएको हो । जापानको आइची नागोयामा भइरहेको २० औं एसियन गेम्समा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गरेको थियो। ...
। कप्तान राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो अग्रता थप फराकिलो बनाएको छ । रामोन सान्चेज पिजुआनमा भएको खेलमा घरेलु टोली सेभियाले १९औं मिनेटमा युसुफ फोफानाको गोलबाट अग्रता लिए पनि बार्सिलोनाले त्यसको तीन मिनेटमै जवाफ फर्कायो । राफिन्हाले बक्सभित्रबाट उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम