मुख्य समाचार
सुनसरीमा भएको घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त
सुनसरीमा भएको घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त

। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरीमा भएको घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सो प्रतिबद्धता जनाएका हुन् ।

घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको भन्दै उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको भन्दै दोषीमाथि कानुनअनुसार कारबाही हुने जनाएका छन् ।


मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले लेखेका छन्, ‘सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ ।’

उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन् । एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न पनि प्रधामन्त्रीले आह्वान गरेका छन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।’

सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छन् ।

प्रधानमन्त्री शाहले सामाजिक घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्ज महानगरपालिका–२६ चक्रदहस्थित निर्माणाधीन पुल नजिकैको खाल्डोको पानीमा डुबेको अवस्थामा दुई बालिका मृत फेला परेका छन् । वडा नम्बर २६ सुगौलीका प्रभु ठाकुरकी छोरीहरु ५ वर्षीया पुच्की ठाकुर र ३ वर्षीया घघरी ठाकुर एउटै खाल्डोको पानीमा डुबेको अवस्थामा मंगलबार बिहान मृत फेला परेका हुन् । प्रहरीका अनुसार, सोमबार ती बालिका आफना हजुरबुबवा किशोरी ठाकुरसगँ खेतमा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नै संवाद गर्नुपर्नेमा जोड दिएका छन् । आज बिहान रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिँदै सञ्चारमाध्यम र दलसँग संवाद गर्नुपर्नेमा जोड दिए। थापाले प्रधानमन्त्री बालेन शाह बैठकमा सहभागी नभएको र संवाद अगाडि नबढाएको प्रतिसमेत आपत्ति जनाए। राष्ट्रमा समस्या आउँदा विगतमा दलका आ-आफ्नो विमति भएपनि ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कार्यस्थलमै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार र भौतिक आक्रमण हुन सध्य समाजमा स्वीकार्य हुन नसक्ने बताएका छन् । सभापति थापाले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन् । सभापति थापाले घटना पश्चात पेशागत ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दर संशोधन गर्न तथा आयात महसुल घटाउन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा उनले निजी क्षेत्रलाई चलायमान बनाउन कर प्रणालीमा आवश्यक सुधार गर्ने आश्वासन दिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअध्यक्ष ...
: संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा आगामी प्रतिनिधिसभा बैठकको तयारीका बिषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफलका क्रममा बिपक्षी दलका प्रमुख सचेतकहरुले सरकारसंग सांसदहरुको धेरै प्रश्न रहेकाले नियमित रुपमा प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका हुन् । छलफलपछि ...