मुख्य समाचार
चिकित्सकमाथि कार्यस्थलमै आक्रमण हुनु सभ्य समाजमा स्वीकार्य हुँदैन : गगन थापा
चिकित्सकमाथि कार्यस्थलमै आक्रमण हुनु सभ्य समाजमा स्वीकार्य हुँदैन : गगन थापा

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कार्यस्थलमै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार र भौतिक आक्रमण हुन सध्य समाजमा स्वीकार्य हुन नसक्ने बताएका छन् । सभापति थापाले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन् ।


सभापति थापाले घटना पश्चात पेशागत सुरक्षाका लागि नेपाल चिकित्सक संघलगायतको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा उपचारको पर्खाइमा रहेका हजारौं बिरामीहरूले सास्ती भोग्नुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन् । उनले आफ्नो सुरक्षा र पेशागत हकका लागि सेवा बन्द जस्तो अप्रिय निर्णय गर्ने ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मी पुग्नु चिन्ताजनक विषय भएको बताएका छन् । उनले यस्तो परिस्थिति अहिले मात्र भएको नभइ यसतर्फ तत्कालीन र दीर्घकालीन समाधान खोज्न ढिलो गर्न नहुने बताएका छन् ।




सभापति थापाले विगतमा चिकित्सक र स्वास्थ्यकर्मीको पटक पटकको आन्दोलनको दवाव र नेपाली कांग्रेसकै पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६(संशोधन सहित) कार्यान्वयनमा आइसकेको समेत बताएका छन् । उनले यस घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गर्न माग गर्दै वार्ताका क्रममा दुव्र्यवहार गर्ने अधिकारी र प्रहरीमाथि निष्पक्ष छानबिनको माग समेत गरेका छन् ।

सभापति थापाले नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीसँग अविलम्ब संवाद गरी उनीहरूका पेशागत सुरक्षाका मागहरू सम्बोधन गरेर ओपिडी लगायतका अत्यावश्यक सेवाहरू तत्काल सुचारु गर्ने वातावरण मिलाउन सरकारले अतिरिक्त पहलकदमी लिनुपर्ने बताएका छन् । उनले स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले यसको संवेदनशीलताको ख्याल राख्दै हजारौं नागरिक र विरामीको अबस्थालाई ध्यान दिएर सेवा प्रवाह नरोक्न र वार्ता र संवादवाटै समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक संघलगायत सवै चिकित्सक र स्वास्थ्यकर्मीलाई अपिल पनि गरेका छन् ।

चिकित्सकहरुको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्ज महानगरपालिका–२६ चक्रदहस्थित निर्माणाधीन पुल नजिकैको खाल्डोको पानीमा डुबेको अवस्थामा दुई बालिका मृत फेला परेका छन् । वडा नम्बर २६ सुगौलीका प्रभु ठाकुरकी छोरीहरु ५ वर्षीया पुच्की ठाकुर र ३ वर्षीया घघरी ठाकुर एउटै खाल्डोको पानीमा डुबेको अवस्थामा मंगलबार बिहान मृत फेला परेका हुन् । प्रहरीका अनुसार, सोमबार ती बालिका आफना हजुरबुबवा किशोरी ठाकुरसगँ खेतमा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नै संवाद गर्नुपर्नेमा जोड दिएका छन् । आज बिहान रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिँदै सञ्चारमाध्यम र दलसँग संवाद गर्नुपर्नेमा जोड दिए। थापाले प्रधानमन्त्री बालेन शाह बैठकमा सहभागी नभएको र संवाद अगाडि नबढाएको प्रतिसमेत आपत्ति जनाए। राष्ट्रमा समस्या आउँदा विगतमा दलका आ-आफ्नो विमति भएपनि ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दर संशोधन गर्न तथा आयात महसुल घटाउन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा उनले निजी क्षेत्रलाई चलायमान बनाउन कर प्रणालीमा आवश्यक सुधार गर्ने आश्वासन दिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअध्यक्ष ...
: संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा आगामी प्रतिनिधिसभा बैठकको तयारीका बिषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफलका क्रममा बिपक्षी दलका प्रमुख सचेतकहरुले सरकारसंग सांसदहरुको धेरै प्रश्न रहेकाले नियमित रुपमा प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका हुन् । छलफलपछि ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार बोलाएको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्ने बताए ...