मुख्य समाचार
सरकारले ९ वटा विधेयकलाई संघीय संसद्समक्ष पेश गर्नका लागि स्वीकृत दिने निर्णय
सरकारले ९ वटा विधेयकलाई संघीय संसद्समक्ष पेश गर्नका लागि स्वीकृत दिने निर्णय

। सरकारले ९ वटा विधेयकलाई संघीय संसद्समक्ष पेश गर्नका लागि स्वीकृत दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यी हुन् सरकारले संघीय संसद्मा पेश गर्न स्वीकृत दिएका विधेयकहरू–

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक ।

खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।

संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।

बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।

आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।

कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् । आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठ बुधबार बिहान घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका ...
। सामाजिक सद्‌भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानले बुधबार विहान आह्वान गरेको सर्वदलीय बैठकले तल्लो तहमा सर्वदलीय संयन्त्र सहित बैठक आह्वान गर्ने निर्णय गरेका छन् । बैठकपछि जारी गरिएको नौ दलको संयुक्त वक्तव्यमा भनिएको छ,‘समाजमा शान्ति र सद्‌भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन ...

। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७ औं बैठकले उक्त बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत बजेटमा नेपाल सरकारबाट विनियोजित ...
। सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको छानबिन गर्न गठित समिति घटनास्थलमा पुगेको छ । आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणका म्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका छन् । घटनाको विरोधमा प्रदर्शन उग्र भएपछि गृह मन्त्रालयले सोमबार छानबिन गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ ...