मुख्य समाचार
रवि लामिछानेले अहिले सद्भाव कायम राख्न सबैले भूमिका खेल्नु पर्ने समय भएकाले चर्का कुरा नगर्न अपिल
रवि लामिछानेले अहिले सद्भाव कायम राख्न सबैले भूमिका खेल्नु पर्ने समय भएकाले चर्का कुरा नगर्न अपिल

। रास्वपा सभापति रवि लामिछानेले अहिले सद्भाव कायम राख्न सबैले भूमिका खेल्नु पर्ने समय भएकाले चर्का कुरा नगर्न अपिल गरेका छन् ।

बुधबार बिहान सर्वदलीय बैठकपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिरहेको उल्लेख गरे ।

राजनीतिक दलहरुले गम्भीरतासाथ सुनसरी घटनालाई लिएको उल्लेख गर्दै सभापति लामिछानेले भने’, प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ गृहमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ । अहिले शान्ति सद्भाव कायम गर्ने हो । अहिले चर्का कुरा गर्ने होइन । कसले बोल्यो कसले बोलेन भन्ने होइन । समाजिक सद्भाव नभड्कियोस् भन्ने हो ।’

हिजोको अवस्थाका आन्दोलन र अहिलेको आन्दोलन फरक भएको उल्लेख गर्दै उनले नागरिकको ज्यान गएको घटनामा सबै गम्भीर हुनुपर्ने बताए ।

उनले सबै राजनीतिक दलहरूको तर्फबाट संयुक्त अपिल जारी गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो । दुई आयुक्तको सुनुवाइ मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज भएको हो ।
। थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् । आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठ बुधबार बिहान घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका ...
। सामाजिक सद्‌भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानले बुधबार विहान आह्वान गरेको सर्वदलीय बैठकले तल्लो तहमा सर्वदलीय संयन्त्र सहित बैठक आह्वान गर्ने निर्णय गरेका छन् । बैठकपछि जारी गरिएको नौ दलको संयुक्त वक्तव्यमा भनिएको छ,‘समाजमा शान्ति र सद्‌भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन ...

। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७ औं बैठकले उक्त बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत बजेटमा नेपाल सरकारबाट विनियोजित ...