मुख्य समाचार
सामाजिक सद्‌भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने
सामाजिक सद्‌भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने

। सामाजिक सद्‌भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् ।

रास्वपा सभापति रवि लामिछानले बुधबार विहान आह्वान गरेको सर्वदलीय बैठकले तल्लो तहमा सर्वदलीय संयन्त्र सहित बैठक आह्वान गर्ने निर्णय गरेका छन् ।

बैठकपछि जारी गरिएको नौ दलको संयुक्त वक्तव्यमा भनिएको छ,‘समाजमा शान्ति र सद्‌भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन । तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ-आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं ।’

स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुन आवश्यकता रहेको संयुक्त अपिलमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ । शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई आज हस्तान्तरण गरिएको छ । सार्वजनिक निजी साझेदारी ढाँचामा शवदाह सञ्चालन गर्नका लागि महानगरपालिकाले कार्यविधि तयार गरिसकेको ...
। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो । दुई आयुक्तको सुनुवाइ मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज भएको हो ।
। थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् । आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठ बुधबार बिहान घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका ...
। सामाजिक सद्‌भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानले बुधबार विहान आह्वान गरेको सर्वदलीय बैठकले तल्लो तहमा सर्वदलीय संयन्त्र सहित बैठक आह्वान गर्ने निर्णय गरेका छन् । बैठकपछि जारी गरिएको नौ दलको संयुक्त वक्तव्यमा भनिएको छ,‘समाजमा शान्ति र सद्‌भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन ...
। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७ औं बैठकले उक्त बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत बजेटमा नेपाल सरकारबाट विनियोजित ...