मुख्य समाचार
पुरानो सिक्का देखाएर ठगी गर्ने दुई भारतीयसहित तीन जना पक्राउ
पुरानो सिक्का देखाएर ठगी गर्ने दुई भारतीयसहित तीन जना पक्राउ

। पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन् ।

ठगी धन्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले यसै साता तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई भारतीय नगरिक र एक नेपाली रहेका छन् ।

भारतको किसनगन्ज घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले झापाको हल्दिबारी गाउँपालिका–१ गोलधाप क्षेत्रबाट पक्राउ गरेको छ ।

यस्तै, बाह्रदशी गाउँपालिका–७ रुपनचवारी क्षेत्रबाट भगवान्को आकृति भएका चारवटा सिक्कासहित सुनसरीको इटहरी–८ का ३५ वर्षीय साबिर मियाँलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रञ्जन अवाका अनुसार ठगी गर्ने समूहले पुराना तथा धार्मिक आकृति भएका सिक्काहरू विदेश वा बजारमा करोडौँ मूल्यमा बिक्री हुने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने गरेका छन् ।

सुरुमा विश्वास दिलाउन सिक्का देखाउने र त्यसपछि सिक्का परीक्षण वा खरिद प्रक्रियाको बहानामा रकम असुलेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अधिकांश पीडितहरूले कानुनी जटिलता वा लाजका कारण उजुरी नगर्दा यस्ता गिरोह थप सलबलाउने गरेको डीएसपी अवाले बताए ।

प्रहरीले कुनै पनि वस्तु रातारात करोडौँमा बिक्री हुने वा अस्वाभाविक नाफा हुने प्रलोभनमा परी आर्थिक कारोबार नगर्न आमनागरिकलाई अनुरोध गरेको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा संसद्को प्रभावकारी सञ्चालनबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । साथै, संघीय संसद्का समसामयिक विषय, संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको छ । संघीय संसद्को दुई साता लामो बैठक स्थगित भएको थियो ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत तीन निकायको पुनर्संरचनाको काम अगाडि बढेको छ । मन्त्रालयका अनुसार बृहत जनकपुर क्षेत्र विकास परिषद्, बौद्ध दर्शन प्रवर्द्धन र गुम्बा विकास समितिको पुनर्संरचनाका लागि कार्यदल गठन भएको छ । मन्त्रालयका अनुसार अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका प्रतिष्ठान, समिति, संस्थान लगायत निकाय पुनर्संरचना, खारेजी एवं स्वीकृति गर्ने सम्बन्धमा अध्ययन भई यी ...
। बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बिहान ९ बजेको समयमा दया प्रसाद थारुको घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्यांकीमा तीन जना मजदुर फसेका थिए । लगत्तै खटिएको टोलीले सेफ्टी ट्यांकी फुटाएर हेर्ने क्रममा तीन जना नै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत ...
। निर्वाचनमा भाग नलिने दल दर्ता खारेज गर्ने प्रस्तावित निर्वाचन आयुक्त मानबहादुर कार्कीको प्रस्तावको संसदीय सुनुवाइ समितिमै विरोध भएको छ । ‘निष्क्रिय रहेका पार्टीको दल दर्ता खारेज किन नगर्ने भन्ने कुरा आयो । यो संविधानसँग सम्बन्धित छ,’ कांग्रेस सांसद अर्जुननरसिंह केसीले भने, ‘लोकतन्त्र र यसको मूल्य मान्यतासँग सम्झौता हुदैन ।’ केसी अगाडि बोलेका प्रस्तावित निर्वाचन आयुक्त कार्कीले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ वर्ष उमेर पुगेकालाई मतदान गर्न दिने व्यवस्थाको प्रस्ताव गरेको छ । हाल १८ वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ । ‘१६ वर्षमा मतदान गर्न दिनुपर्छ भन्दै आएको व्यक्ति हो,’ रास्वपाका संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले भने, ‘यो विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । यसले युवालाई प्रोत्साहन ...