मुख्य समाचार
अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा
अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा

। अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ ।

बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताएकी छन् ।


उनका अनुसार गत एक महिनामै रगतको मौज्दात करिब २५ प्रतिशतले घटेको छ । यो संकट गर्मीयाममा देखिएको हो, जुन बेला अस्पतालहरूमा रगतको माग सामान्यभन्दा बढी हुने गर्छ ।

गर्मीका महिनामा सडक दुर्घटनाको संख्या बढ्ने, मानिसहरू बाहिरी गतिविधिमा बढी संलग्न हुने र त्यसका कारण चोटपटक तथा आकस्मिक शल्यक्रियाका बिरामी बढ्ने भएकाले रगतको आवश्यकता पनि बढ्ने गरेको डा. लरेन्सले बताइन् ।


अमेरिकामा आवश्यक पर्ने रगतमध्ये करिब ४० प्रतिशत आपूर्ति गर्ने अमेरिकन रेडक्रसले अहिले सामान्य अवस्थाभन्दा दैनिक करिब ३ हजार ५०० युनिट बढी रगत वितरण गरिरहेको जनाएको छ । यसका कारण रगतको मौज्दात अत्यन्त न्यून स्तरमा झरेको संस्थाले जनाएको छ ।

डा. लरेन्सका अनुसार रगत लामो समयसम्म भण्डारण गर्न सकिँदैन । दान गरिएको रगतको उपयोग ४२ दिनभित्र गरिसक्नुपर्ने हुन्छ, किनभने समयसँगै रगतका कोशिकाको गुणस्तर घट्दै जान्छ ।

यसअघि अमेरिकन रेडक्रसले सन् २०२२ को जनवरीमा कोभिड–१९ महामारी र कठोर हिमपातका कारण पहिलो पटक रगत आपूर्ति संकट घोषणा गरेको थियो ।
हाल सबै रक्तसमूहको रगत आवश्यक रहे पनि विशेषगरी ‘ओ पोजिटिभ’ समूहको रगतको अभाव बढी देखिएको छ । आपत्कालीन अवस्थामा बिरामीको रक्तसमूह तत्काल थाहा नभएको अवस्थामा यो समूहको रगत प्रयोग गर्न सकिने भएकाले यसको माग उच्च रहने गरेको छ ।

रगत अभावले नियमित शल्यक्रिया तथा अन्य उपचार सेवामा समेत असर पर्न सक्ने चिन्ता अस्पतालहरूले व्यक्त गरेका छन् । पर्याप्त रगत उपलब्ध नभए आकस्मिक बिरामीलाई अन्य ट्रमा सेन्टरमा पठाउनुपर्ने अवस्था आउन सक्नेबारे पनि केही अस्पतालले छलफल गरिरहेको रेडक्रसले जनाएको छ ।

रेडक्रसका अनुसार अत्यधिक गर्मीका कारण मानिसहरू रगतदान केन्द्रसम्म पुग्न हिच्किचाइरहेका छन् । केही स्थानमा तोकिएका रक्तदान कार्यक्रम सुरक्षित र सहज वातावरणमा सञ्चालन गर्न नसकिएको पनि संस्थाले जनाएको छ ।

यसका साथै डढेलो नियन्त्रणमा स्रोतसाधन परिचालन हुनु र देशभर फैलिएको खाद्यजन्य रोगका घटनाले पनि रगत संकलन अभियान प्रभावित भएको रेडक्रसको भनाइ छ ।

यसअघि अमेरिकन रेडक्रसले सन् २०२२ को जनवरीमा कोभिड–१९ महामारी र कठोर हिमपातका कारण पहिलो पटक रगत आपूर्ति संकट घोषणा गरेको थियो ।

क्यानडामा पनि रगतको मौज्दात घट्दै

यता क्यानडामा पनि रगतको मौज्दात घट्दै गएको छ । क्यानेडियन ब्लड सर्भिसेसका अनुसार जुन महिनाको सुरुआतयता रगतको मौज्दात करिब २० प्रतिशतले घटेको छ ।

संस्थाले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो ६ सातादेखि प्रत्येक साता १ हजार ५०० देखि २ हजार ५०० वटा रक्तदानका पूर्वनिर्धारित समय (अपोइन्टमेन्ट) पूरा हुन नसक्दा मौज्दातबाटै रगत आपूर्ति गर्नुपरेको छ ।

क्यानडामा भने दाताको संख्या किन घट्यो भन्ने स्पष्ट कारण नखुलेको बीबीसीले जनाएको छ । गर्मीयाममा सामान्यतया रक्तदान घट्ने भए पनि यस वर्ष अपेक्षाभन्दा निकै कम दाता आएको संस्थाले जनाएको छ ।

केही रक्तसमूहको मौज्दात बिरामीको उपचारका लागि दीर्घकालीन रूपमा धान्न नसकिने स्तरमा पुगेको भन्दै संस्थाले थप रक्तदानका लागि सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...