मुख्य समाचार
क्रिकेट विश्वकप लिग २ मा लगातार चार खेलमा पराजित
क्रिकेट विश्वकप लिग २ मा लगातार चार खेलमा पराजित

। क्रिकेट विश्वकप लिग २ मा लगातार चार खेलमा पराजित भएपछि शीर्ष चारमा रहँदै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना निकै कठिन बनेको छ ।

शीर्ष चारको लागि एकदमै झिनो सम्भावना बाँकी रहेपनि एक खेलको नतिजाले नै नेपालको त्यो सम्भावना सकिन सक्नेछ ।

अब नेपालको लक्ष्य शीर्ष चार भन्दा पनि शीर्ष ६ मा रहँदै ओडिआई मान्यता जोगाउनेतर्फ हुनेछ । बुधबार नेदरल्यान्ड्ससँग पराजित भएपछि कप्तान रोहित पौडेलले पनि अब नेपालको ध्यान ओडिआई मान्यतामै केन्द्रित हुने बताएका छन् ।

होस्ट ब्रोडकास्टरसँग कुरा गर्दै कप्तान पौडेलले अब अन्तिम सिरिज बाँकी रहेको र शीर्ष ६ मा आफूहरुको नजर रहेको बताएका छन् । ‘ओडिआई मान्यता बचाउनका लागि अब हामीसँग अन्तिम सिरिज बाँकी छ । शीर्ष ६ मा पर्नु नै हाम्रो मुख्य लक्ष्य हो, कसरी पुनरागन गर्ने भन्ने प्रश्नमा रोहितले भने, ‘अन्तिम ४ खेल हाम्रा लागि धेरै महत्त्वपूर्ण छन् । त्यसका लागि तयारी पनि निकै महत्वपूर्ण हुनेछ । मलाई यो टोलीमाथि पूर्ण विश्वास छ र हामी अझ बलियो रूपमा पुनरागमन गर्नेछौँ ।’


२०२४-२६ को लिग २ साइकलमा उत्कृष्ट ८ एसोसिएट टिमले प्रतिस्पर्धा गरिरहेका छन् र यसमा शीर्ष चारमा रहने टिमले सिधै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् । पूछारका चार राष्ट्रले भने ग्लोबल क्वालिफायरमा लागि क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ । यस पटक लिग २ को शीर्ष ६ मा रहने टिमको ओडिआई मान्यता कायम रहने चर्चा रहेपनि आधिकारिक रुपमा भने आईसीसीले सार्वजनिक गरेको छैन ।

नेदरल्यान्ड्समा भएको लिग २ सिरिजमा नेपालले खेलेको सबै चार खेलमा हार बेहोर्दै जितविहिन बनेपछि नेपालको शीर्ष चारको सम्भावना लगभग सकिएको हो । सम्भावित ८ अंक मध्ये नेपालले कुनै अंक जोड्न नसक्दा अंकतालिकामा समेत असर गर्‍यो ।

शीर्ष चारमा रहन नेपालले अब बाँकी चार खेल जितेर मात्र पुग्दै अन्य चार टोलीको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ । ओमानले बाँकी ८ मध्ये एक खेल मात्र जितेपनि वा नेपाल आफ्नो एक खेलमा मात्र पराजित भएपनि नेपालको शीर्ष चारको समिकरण सकिनेछ ।

त्यसैले पनि कप्तान रोहित पौडेलले भने अब शीर्ष चार भन्दा ओडिआई बचाउनेमा केन्द्रित हुने बताएका हुन् ।

नामिबियासँग दुई खेल हारेपछि नेपाललाई नामिबियाले पनि उछिनेको छ । ३२ खेलबाट २४ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ । नामिबिया ३१ खेलबाट २६ अंकसहित पाँचौ स्थानमा उक्लेको छ ।

नेपाल भन्दा पछि रहेका मध्ये क्यानडाको पनि समान २४ अंक नै छ तर रनरेटमा नेपाल भन्दा पछि छ । यस्तै युएई २४ खेलबाट १४ अंकसहित पूछारमा छ ।

शीर्ष स्थानमा रहेको अमेरिकाले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरिसकेको छ । अमेरिकाको ३२ खेलबाट ४३ अंक छ । नेपाललाई हराएपछि ३१ खेलबाट ३८ अंक जोडेको नेदरल्यान्ड्स पनि दोस्रो स्थानमा उक्लँदै ग्लोबल क्वालिफायर नजिक पुगेको छ । स्कटल्यान्डको पनि ३२ खेलबाट समान ३८ अंक छ । ओमान २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: २०औं एसियन गेम्स २०२६ मा नेपालको महिला टेबल टेनिस टोली पदकको दौडबाट बाहिरिएको छ। जापानको आइची नागोयामा भइरहेको प्रतियोगितामा इभाना थापा, योङ्गी पौडेल र नवीता श्रेष्ठको टोली टिम इभेन्टबाट बाहिरिएको हो। स्काई हल टोयोटामा सोमबार बिहान भएको खेलमा माकाउ ३-१ ले पराजित हुँदै नेपाली टिम बाहिरिएको हो। समूह 'ए' मा रहेको नेपाली टोली सोमबार चीनसँग ...
: २०औं एसियन गेम्स २०२६ अन्तर्गत क्लासिफिकेसन खेलमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ। जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३-० ले पराजित भएको हो। हङकङसँग नेपाल २५-२०, २५-१९ र २८-२६ ले पराजित भएको हो। नवौं स्थानको लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले अब ११ औं स्थानको लागि खेल्नेछ। नेपालले ...
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ पदकविहीन बनेकी छन्। कुमुते विधाको ६८ केजीमाथिको कास्य पदकको लागि भएको खेलमा एरिका साउदी अरेबीयाकी दिना अहमद मुस्तफासँग ८–७ ले पराजित भएकी हुन्। सेमिफाइनल खेलमा एरिका काजकिस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्। उनले क्वाटरफाइनलमा जोर्डनकी यारा नसिरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल ...
: २० औं एसियन गेम्स अन्तर्गत महिला भलिबलमा समूह चरणबाट बाहिरिएका टोलीहरुबिच भएको वरियताको खेलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजिनत गरेको हो। नेपालले किर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले हराएको हो । जापानको आइची नागोयामा भइरहेको २० औं एसियन गेम्समा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गरेको थियो। ...
। कप्तान राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो अग्रता थप फराकिलो बनाएको छ । रामोन सान्चेज पिजुआनमा भएको खेलमा घरेलु टोली सेभियाले १९औं मिनेटमा युसुफ फोफानाको गोलबाट अग्रता लिए पनि बार्सिलोनाले त्यसको तीन मिनेटमै जवाफ फर्कायो । राफिन्हाले बक्सभित्रबाट उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम