। अत्यधिक वर्षासँगै गएको पहिरोका कारण समुद्रटार-त्रिशूली ३बी १३२ केभी प्रसारण लाइनको टावर नम्बर ४१ क्षतिग्रस्त भएको छ । टावरमा क्षति पुगेपछि प्रसारण लाइन प्रभावित बनेको छ ।
टावर क्षतिग्रस्त बनेसँगै सोही प्रसारण लाइन मार्फत राष्ट्रिय ग्रिडमा जोडिएका ११ मेगावाट क्षमताको सूर्यकुण्ड हाइड्रोपावर र ५ मेगावाट क्षमताको बुद्धभूमि हाइड्रोपावरको विद्युत प्रवाह (पावर इभाकुएसन) मा कठिनाइ उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यद्यपि, प्रसारण लाइनमा समस्या आए पनि उपभोक्ताका लागि भने विद्युत् आपूर्ति नरोकिने प्राधिकरणले जनाएको छ । प्राविधिक टोलीले चौगाडा सबस्टेसनबाट वैकल्पिक व्यवस्था मिलाएर ग्राहकलाई निरन्तर बिजुली उपलब्ध गराइरहेको जानकारी दिएको छ । क्षतिग्रस्त टावर मर्मत तथा सुदृढीकरणको काम छिट्टै अघि बढाइने बताइएको छ ।