मुख्य समाचार
नयाँ सरकार बनेयता सात हजार कर्मचारीमाथि कारबाही सिफारिस
नयाँ सरकार बनेयता सात हजार कर्मचारीमाथि कारबाही सिफारिस

। राष्ट्रिय सतर्कता केन्द्रले बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठन भएयता सात हजारभन्दा बढी कर्मचारीमाथि कारबाही सिफारिस गरेको छ ।

सतर्कता केन्द्रले १३ चैत २०८२ देखि अहिलेसम्म अनुगमनका क्रममा कैफियत देखिएका सात हजार ६४ जना कर्मचारीहरूलाई कारबाहीका लागि सम्बन्धित कार्यालयसमक्ष सिफारिस गरेको हो ।

सतर्कता केन्द्रका उपसचिव एवं सूचना अधिकारी सरिता खतिवडाले कार्यालयहरूको अनुगमनका क्रममा ती कर्मचारीहरूलाई कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिइन् ।

उनका अनुसार केन्द्रले १३ चैतदेखि अहिलेसम्म ८२५ कार्यालयहरूको अनुगमन गरेको थियो ।


अनुगमनका क्रममा समय पालना नगर्ने छ हजार ५३० र तोकिएको पोसाक नलगाउने ५३४ कर्मचारीमाथि कारबाहीको सिफारिस भएको सूचना आधिकारी खतिवडाले बताइन् ।

केन्द्रले अनुगमनका क्रममा समय पालना नगर्ने, तोकिएको पोसाक नलगाउने कर्मचारीहरूलाई कारबाही गरेर जानकारी दिन सम्बन्धित कार्यालयलाई निर्देशन दिने गर्दछ ।

सूचना अधिकारी खतिवडाका अनुसार कारबाही सिफारिसमा परेका कर्मचारीबारे कतिपय कार्यालयहरूले कारबाही गरेर सतर्कता केन्द्रमा जानकारी उपलब्ध गराइसकेको र कतिपय कार्यालयबाट जानकारी आउने क्रममा रहेको बताइन् ।

सतर्कता केन्द्रले कर्मचारीहरूको अनुगमनका लागि शाखा अधिकृत र नायब सुब्बा गरी दुई जना कर्मचारीलाई खटाउँदै आएको छ ।

उनीहरूले अनुगमनका क्रममा ई–हाजिरी नभएका कार्यालयहरूलाई ई–हाजिरीको व्यवस्था मिलाउन पनि निर्देशन दिने गरेको केन्द्रले जनाएको छ ।

सतर्कता केन्द्रका अनुसार काठमाडौं उपत्यकामा ई–हाजिरी नभएका सरकारी कार्यालयहरूको संख्या शून्य छ ।

सरकारले भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न र भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न २७ साउन २०५९ मा सतर्कता केन्द्रको स्थापना गरेको थियो ।

केन्द्र प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहँदै आएको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्ने प्रमुख जिम्मेवारी रहेको केन्द्रले भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रवर्द्धनात्मक तथा निरोधात्मक कार्य गर्दै आएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ (संशोधन सहित) को दफा ३८ मा उल्लेख भएबमोजिम केन्द्रले भ्रष्टाचार नियन्त्रणका लागि सूचना संकलन गर्ने, सतर्क गराउने, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषणको काम गर्दै आएको छ ।

यस्तै केन्द्रले राष्ट्रसेवकहरूको सम्पत्ति र आयको अनुगमन, भ्रष्टाचार नियन्त्रणका लागि सुझाव, निर्देशन र कारबाहीका लागि सिफारिस, प्राविधिक परीक्षण, उजुरी व्यवस्थापन, नागरिक बडापत्र कार्यान्वयनको अनुगमन तथा सरकारलाई नीतिगत सुझाव दिने कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सुनौलो मेडिकल क्लिनिकका सञ्चालक कालीबहादुर थापासमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले यस्तो आदेश गरेको हो । मन्त्रीस्तरीय बैठकले सबै स्वास्थ्य संस्थाका लागि स्वास्थ्य परीक्षण खुला गरेको थियो ...
— सरकारले विधेयक तर्जुमामा बाह्य परामर्शदाता (कन्सल्टेन्ट) को भूमिकालाई निरुत्साहित गर्न कानुनी व्यवस्था गर्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको नेपाल कानुन आयोग ऐन संशोधन विधेयकको मस्यौदामा आयोगमार्फत कानुन तर्जुमा गर्नुपर्ने उल्लेख गरिएको छ । विधेयकको मस्यौदामा भनिएको छ– ‘नेपाल सरकारका सम्बन्धित मन्त्रालयले बनाउनुपर्ने विधेयक तथा प्रत्यायोजित विधायनको तर्जुमा विस्तृत अध्ययन तथा ...
— सुनसरीका १० स्थानीय तहमा आज पनि दिनभर कर्फ्यु आदेश कायम रहने भएको छ। जिल्ला प्रशासन कार्यालयले मङ्गलबार राति ९ बजेदेखि जारी गरेको कर्फ्यु आदेश आज दिनभर लागू रहने जनाएको छ। सुरक्षाको अवस्था क्रमशः सहज बन्दै गए पनि मृतकका परिवारसँग सहमति हुन नसकेका कारण कर्फ्युलाई निरन्तरता दिइएको जनाइएको छ। सुरक्षा स्रोतका अनुसार आज दिउँसो ४ बजे जिल्ला ...
— सडक पूर्वाधार विकासले गति लिइरहँदा सवारी दुर्घटनाको जोखिम पनि उच्च बन्दै गएको छ । पूर्वी र पश्चिम नवलपरासीमा आर्थिक वर्ष २०८२/८३ मा ७ सय ५४ वटा सवारी दुर्घटना हुँदा १ सय १६ जनाले ज्यान गुमाएका छन् । पश्चिम नवलपरासीमा आर्थिक वर्ष ०८२/८३ मा ६ सय ३६ वटा सवारी दुर्घटनामा परेर ४७ जनाको मृत्यु भएको ...
। सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा संसद्को प्रभावकारी सञ्चालनबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । साथै, संघीय संसद्का समसामयिक विषय, संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको छ । संघीय संसद्को दुई साता लामो बैठक स्थगित भएको थियो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम