मुख्य समाचार
हिलारिया बाल्डविनले आफूले ५ वर्षको उमेरदेखि नै डाइटिङ (खानपानमा नियन्त्रण) गर्न थालेको खुलासा
हिलारिया बाल्डविनले आफूले ५ वर्षको उमेरदेखि नै डाइटिङ (खानपानमा नियन्त्रण) गर्न थालेको खुलासा

— अमेरिकाकी चर्चित पोडकास्टर, योगा प्रशिक्षक तथा व्यवसायी हिलारिया बाल्डविनले आफूले ५ वर्षको उमेरदेखि नै डाइटिङ (खानपानमा नियन्त्रण) गर्न थालेको खुलासा गरेकी छन् । यो सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर विज्ञहरूका अनुसार बालबालिकामा हाल यो समस्या निकै तीव्र रूपमा फैलिरहेको छ ।

‘सिरियस एक्सएम’ को ‘पेज सिक्स रेडियो’ सँगको अन्तर्वार्तामा सात सन्तानकी आमा ४२ वर्षीया बाल्डविनले आफूले दशकौंसम्म खानपानसम्बन्धी मानसिक तथा शारीरिक समस्या ‘इटिङ डिसअर्डर’ सँग जुध्नुपरेको अनुभव सेयर गरेकी छन् । ‘मैले सबै किसिमका समस्या भोगें । एनोरेक्सिया (अत्यधिक कम खानु), बुलिमिया (खाएर बान्ता गर्नु), धेरै खानु र अति कम खानु जस्ता सबै खालका अवस्थाबाट म गुज्रिएँ,’ उनले भनिन्, ‘एक समय त म टुथपेस्टमा कति क्यालोरी होला भन्ने कुरासँग समेत डराउने गर्थें ।’

बालबालिकामा बढ्दो जोखिम

‘एक्युट सेन्टर फर इटिङ डिसअर्डर्स एन्ड सेभियर मालन्यूट्रिसन’ का अनुसार, मानिसहरूले सोचेभन्दा धेरै अघि नै बालबालिकामा यस्तो समस्या सुरु हुन सक्छ । विश्वभर हरेक वर्ष करिब १ करोड ४० लाख मानिसमा ‘इटिङ डिसअर्डर’ देखिन्छ, जसमध्ये ३० लाख त बालबालिका र किशोरकिशोरी नै हुन्छन् ।


अध्ययनहरूले करिब २० प्रतिशत बालबालिकामा खानपानसम्बन्धी असन्तुलन वा अस्वस्थ व्यवहार ‘डिसअर्डर इटिंग’ को लक्षण देखिने उल्लेख गरेका छन् । भलै यस्ता लक्षण देखिने सबै बालबालिका पूर्ण रूपमा ‘इटिङ डिसअर्डर’ को शिकार हुँदैनन्, तर यसले पछि गएर वयस्क उमेरमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने जोखिम बढाउँछ ।

बालबालिकालाई कसरी जोगाउने ?

अमेरिकी अभिनेता तथा निर्माता अलेक्जान्डर बाल्डविनकी पत्नि समेत रहेकी अमेरिकाकी प्रख्यात व्यक्तित्व हिलारियाले आफूले सन्तान जन्माउनुअघि नै आफूलाई यो समस्याबाट मुक्त बनाउने दृढ सङ्कल्प लिएको बताइन् । उनले आफ्ना बालबालिकालाई समाजको पातलो हुनुपर्छ भन्ने सामाजिक दबाब ‘डाइट कल्चर’ बाट जोगाउन शारीरिक रूपभन्दा पनि पोषण र शक्तिमा ध्यान दिने रणनीति अपनाएको बताएकी छन् । ‘म मेरा बच्चाहरूसँग शक्ति र ऊर्जाको कुरा गर्छु । यो खानाले तिमीलाई कस्तो महसुस गराउँछ भन्ने विषयमा कुरा गरेर उनीहरूलाई आत्मविश्वासी बनाउने प्रयास गर्छु,’ उनले भनिन् ।

पोषण विज्ञहरूको सुझाव

‘इटिङ रिकभरी सेन्टर’ की क्षेत्रीय मेडिकल निर्देशक डा. एलिजाबेथ वासेनारका अनुसार कसैको शारीरिक बनावट वा रूपरङबारे टिप्पणी गर्नु (चाहे त्यो सकारात्मक होस् वा नकारात्मक) हानिकारक हुन सक्छ । यस्ता टिप्पणीले मानिसको महत्व उसको शरीरसँग मात्र जोडिएको छ भन्ने गलत सन्देश दिन्छ । ‘हामी यो शरीरभन्दा धेरै माथिका हौं । रूपरंगमा मात्र ध्यान केन्द्रित गर्ने सोचले मानिसलाई मानसिक रूपमा ठूलो चोट पुर्‍याउँछ,’ डा. वासेनारले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...
। प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ तथा शुभकामना दिएका छन् । बालेनले दुवै अवार्डमा सिफारिस र मनोनयन भएको ग्राफिक्स तस्वीर सामाजिक संजालमा सेयर गर्दै फिल्म हेर्न आग्रह गरेका छन् । लेख्छन्- हलमा दोस्रो हप्तामा लाग्दैछ है । अविनाशविक्रम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम