मुख्य समाचार
सांसद अप्सना बानुले सुनसरीमा बारम्बार गोली हान्न कसले र कुन प्रशासनबाट आदेश दिएको हो भनेर सरकारलाई प्रश्न
सांसद अप्सना बानुले सुनसरीमा बारम्बार गोली हान्न कसले र कुन प्रशासनबाट आदेश दिएको हो भनेर सरकारलाई प्रश्न

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अप्सना बानुले सुनसरीमा बारम्बार गोली हान्न कसले र कुन प्रशासनबाट आदेश दिएको हो भनेर सरकारलाई प्रश्न गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

सुरुमा उनले आफू ‘केवल एउटा सांसदको रुपमा मात्र होइन, देशको सद्भाव र भविष्यप्रति चिन्तत एउटा नागरिकको रुपमा भारी मन लिएर सम्मानित सदनमा उभिएको’ बताइन् ।

त्यसपछि सुनसरी घटनाको विषय उठाइन् ।


‘हालै सुनसरी लगायतका क्षेत्रहरूमा हिन्दु र मुस्लिम समुदायबीच अप्रिय विवाद र झडप भयो । यसले हामी सबैको छाती पिरोलिएको छ’ उनले भनिन् ।

अनि सदनमा आफूहरूलाई जिताएर पठाउने मतदाता सम्झिइन् ।

‘मतदाताहरू न त केवल हिन्दु थिएन न त केवल मुस्लिम । उहाँहरू विशुद्ध नेपाली थिए’ उनले भनिन्, ‘उहाँहरूले धर्म र जाति भन्दा माथि सोचेर नेपालको भविष्य, समृद्धि, गाउँ समाजका निम्ति विश्वास र आश गरेर हामीलाई यहाँ पठाएका छन् ।’

यहाँनेर उनले सरकारलाई प्रश्न गरिन् ।

‘म सरकारलाई प्रश्न गर्न चाहन्छु, बारम्बार गोली हान्ने कसले र कुन प्रशासनबाट आदेश दिइरहेका छन्’ उनले भनिन्, ‘गोली चलाएर मुलुकमा शान्ति कायम हुन्छ जस्तो लाग्दैन् । यसले झनै विकराल अवस्था सिर्जना गर्दछ ।’

अन्य धेरै उपायबाट समस्याको समाधान गर्न सकिने उनको सुझाव छ ।अन्तिममा उनले भनिन्, ‘सयौं थुंगा फुलका हामी एउटै माला नेपाली ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् । आइतबार दुई समूहको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर सोही दिन ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उपचारका क्रममा जयप्रकाश मेहताको बिहीबार मृत्यु भएको थियो । शुक्रबार कोशी अस्पताल विराटनगरमा पोस्टमार्टमपछि आफन्तले शव बुझेका हुन् । यसअघि विराटनगरकै न्यूरो ...
। कोशी र मधेश प्रदेशका तराई जिल्लामा फैलिएको अशान्ति बढ्न नदिन कोशी प्रदेशको राजधानी विराटनगरमा सामाजिक सद्भाव र्‍याली निकालिएको छ । शुक्रबार विराटनगरस्थित नागरिक समाज, हिन्दु तथा मुस्लिम धार्मिक अगुवा, स्थानीय पेसा–व्यवसायी, मजदुरहरूको सहभागितामा र्‍याली निकालिएको हो । र्‍यालीमा धार्मिक सहिष्णुता, देशभक्ति, भ्रातृभाव झल्काउने किसिमको नारा पनि लगाइएका थिए ।
। कोशी र मधेश प्रदेशका तराई जिल्लामा फैलिएको अशान्ति बढ्न नदिन कोशी प्रदेशको राजधानी विराटनगरमा सामाजिक सद्भाव र्‍याली निकालिएको छ । शुक्रबार विराटनगरस्थित नागरिक समाज, हिन्दु तथा मुस्लिम धार्मिक अगुवा, स्थानीय पेसा–व्यवसायी, मजदुरहरूको सहभागितामा र्‍याली निकालिएको हो । र्‍यालीमा धार्मिक सहिष्णुता, देशभक्ति, भ्रातृभाव झल्काउने किसिमको नारा पनि लगाइएका थिए ।
। प्राध्यापक संघ संगठनले मतभेदलाई थाती राखेर शान्ति कायम गर्न तीनै तहको सरकारलाई आग्रह गरेका छन् । सुनसरी लगायतका जिल्लामा तनावको स्थिति बनिरहेका बेला प्राध्यापक संघ संगठनको सद्भाव कायम गर्न अपिल गरेका हुन् । ‘असहज परिस्थितिमा मतभेदलाई थाती राखी न्याय र शान्तिको लागि योगदान दिन तीनै तहका सरकार, रजनीतिक दल, सञ्चारकर्मी बुद्धिजीवी धार्मिक नेता तथा सबै देशभक्त ...
। प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग अनुरोध गरेका छन् । सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् । मधेसका नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षा लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको कुरा उठाएपछि प्रधानमन्त्री शाहले संघीयता र प्रदेशको विषयमा बोलेका थिए । बैठकपछि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम