। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी सुनसरी र सिरहाका घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरेको छ ।
उनेपाले पीडितलाई न्याय सुनिश्चित,घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न तथा प्रभावित क्षेत्रमा तत्काल सर्वपक्षीय संवाद सुरु गरी सामाजिक सद्भाव कायम गर्न माग गरेको छ । स्थानीयस्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
विवादको समाधान हिंसा, तोडफोड वा आगजनीबाट नहुने उल्लेख गर्दै उनेपा मुख्य सचिव डा. राजु थापाले सामाजिक सद्भाव कायमका लागि अपिल गरेका छन् ।