मुख्य समाचार
गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना
गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना

। गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् ।

उक्त अवधिमा सबैभन्दा बढी एक हजार दुई वटा आगलागीका घटना, सर्पदंशका ६७०, पहिरोका ६६२, हुण्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ घटना भएका छन् ।

यसैबीच, साउन १३ गते बिहान १०ः०० बजेदेखि साउन १४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न स्थानमा ३४ वटा विपद्जन्य घटना भएका प्राधिकरणले जनाएको छ । ती घटनामा १३ जना घाइते भएका छन् भने २३ जनाको उद्धार भएको छ । घटनामा रु ४१ लाख आठ हजार बराबरको क्षति भएको छ ।


सो अवधिमा सर्पदंशका आठ, आगलागीका आठ, भारी वर्षाका नौ, पहिरोका पाँच, बाढीको एक र वन्यजन्तु आक्रमणका तीन घटना भएका छन् ।

यसैगरी, साउन १३ गते बिहान ८ः४५ बजेदेखि साउन १४ गते बिहान ८ः४५ बजेसम्म देशका विभिन्न भागमा अवस्थित ४४८ वर्षा मापन केन्द्रमध्ये २६६ केन्द्रमा वर्षा अभिलेख भएको र सबैभन्दा बढी १०४.६ मिलिमिटर वर्षा कञ्चनपुरको दोधारामा भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री बालेन शाहबीच संवाद भएको छ । तराई मधेशको पछिल्लो परिस्थितिका विषयमा प्रधानमन्त्री शाहले उपराष्ट्रपति यादवसँग टेलिफोन संवाद गरेका हुन् । संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई शितलनिवास पुगेका भेटेका थिए । त्यस्तै उनले आज ...
। सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ । आफन्तहरूले प्रदर्शन जारी राख्दै शव सडकमै राखिरहेका थिए । सडकमै शव राखेर उनीहरूले दिनभर प्रदर्शन गरे । साँझ भने प्रहरीले शव भ्यानमा राखेर लगेको छ । केहीबेर अघिमात्रै उक्त शव उठाएर लगिएको हो । झडपका क्रममा गोली लागेर गम्भीर घाइते ...
। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन् । सहमतिअनुसार नेपाल सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल ...
। अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन आयोजनासँग मकवानपुरको कुख्रेनी खोलाबाट पानी तान्ने व्यवस्था मिलाइदिन स्थानीयले माग गरेका छन् । आयोजनाले बिहीबार बाराको जीतपुरसिमरा उपमहानगरमा वातावरणीय प्रभाव मूल्यांकनका लागि सार्वजनिक सुनुवाइमा उपस्थित स्थानीयवासी र जनप्रतिनिधिले अमलेखगञ्जमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन आयोजनालाई गुहारेका छन् । सार्वजनिक सुनुवाइमा जीतपुरसिमरा उपमहानगरपालिका-२१ का अध्यक्ष सुवास श्रेष्ठले पाइपलाइन आयोजना निर्माण क्रममा ...
। पर्सा जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय देशका विभिन्न जिल्लामा विकसित प्रदर्शन, विरोध तथा त्यसबाट सिर्जित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै जिल्लावासीका नाममा सार्वजनिक अपिल जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा पर्सा ऐतिहासिक रूपमा बहुजातीय, बहुधार्मिक तथा सामाजिक सद्भावको केन्द्र भएकाले सबै समुदायबीच आपसी विश्वास, सम्मान र सहिष्णुता कायम राख्न आग्रह गरिएको छ। प्रशासनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम