। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले संयमतापूर्वक संवाद गर्न सबै पक्षसँग आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा मार्फत उनले यस्तो आग्रह गरेका हुन् ।
‘बढ्दै गएको साम्प्रदायिक तनाव र हिंसाप्रति गम्भीर र जिम्मेवार बन्न सबैमा हार्दिक अपिल गर्दछु,’ किरातीले लेखेका छन्, ‘हाम्रो देशले थप हिंसाको भार धान्न सक्ने अवस्था छैन । सरकारलाई तत्काल शान्ति–सुरक्षा सुदृढ गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही गरी सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछु ।’
उत्तेजना, अफवाह र घृणाबाट टाढा रही संयमतापूर्वक सम्वादका निम्ति पनि किरातीले आग्रह गरेका छन् ।