मुख्य समाचार
आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच दोस्रो दिनको वार्ता सुरु
आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच दोस्रो दिनको वार्ता सुरु

। आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच दोस्रो दिनको वार्ता सुरु भएको छ । बिहीबार निष्कर्षमा पुग्न नसकेको वार्ता शुक्रबार साँझाबाट पुन सुरु भएको हो ।

अर्थमन्त्रालयमा सुरु भएको उक्त वार्तामा सरकारी पक्षको वार्ता टोली र आन्दोलनरत पीडित समूहका प्रतिनिधिको सहभागिता रहेको छ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीडितसँग बिहीबार भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको मन्त्रालयले दाबी गरेको छ ।

लघुवित्त पीडितले मंगलबारदेखि माइतीघरमा सामुहिक आमरण अनशन सुरु गरेका छन् । सरकारले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने माग गर्दै पीडितले अनिश्चितकालीन सामुहिक आमरण अनशन सुरु गरेका हुन् ।

सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघलाई लघुवित्त पीडितका समस्या समाधान गर्ने सहमतिलाई कार्यान्वयन गर्न परमादेश दिएको थियो । त्यसका साथै सर्वोच्चले फैसला कार्यान्वयनको निर्देशन समेत दिइसकेको अवस्था हुँदा पनि सरकारले चासो नदेखाएपछि झरीको प्रवाह नगरी पीडित आन्दोलनमा उत्रेका हुन् ।


पीडितले आमरण अनुसार सुरु गरेपछि सरकारले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरको थियो। समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् । वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले तराई-मधेशमा देखिएको समस्या थप बिग्रिन नदिने बहुपक्षीय रणनीति अपनाएको बताएका छन् । शुक्रबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदसँग छलफलका क्रममा प्रधानमन्त्री बालेनले परिस्थिति थप नबिग्रिने भन्दै सांसदहरूलाई आश्वास्त पारेका हुन् । प्रधानमन्त्री बालेलले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीहरूको पठनपाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिए । मन्त्री पोखरेलले ...
। मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले यसपटक भएका सम्झौताहरूलाई रद्दीको टोकरीमा नफाल्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटघाटका क्रममा आफूहरूले मधेशमा भएका घटनाहरूबारे ध्यानाकर्षण गराएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । ‘सम्झौता भयो, त्यसलाई रद्दीको टोकरीमा नफालिदिनुहोला । विगतका सरकारले जस्तो नगर्नुहोला भनेका छौं,’ महतोले भेटपछि ...
। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले सुनसरी लगायतका स्थानमा भएका घटनाप्रति दु:ख व्यक्त गर्दै राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका हुन् । कुनै पनि प्रकारका हिंसा, घृणा, साम्प्रदायिक विभेद वा सामाजिक विभाजनका प्रयास अस्वीकार्य ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेश प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम पार्टीको भएको बताएका छन् । पार्टीका तर्फबाट निर्वाचित कोशी र मधेश प्रदेशसभा र पालिकाका जनप्रतिनिधिसँग शुक्रबार भर्चुअल छलफलका क्रममा उनले यस्तो बताएका हुन् । ‘हामी मुख्य शक्ति हो, हामी अभिभावक हो, हामी जिम्ेमवार हो र, सम्हाल्ने काम हाम्रो हो,’ सभापति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम