मुख्य समाचार
संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता
संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता

। संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा चार वटा र राष्ट्रिय सभामा दुइ वटा विधेयक दर्ता भएको छ ।

प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन) विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, खानी तथा खनिज पदार्थ विधेयक र संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक दर्ता भएको हो ।

राहदानी (पहिलो संशोधन) विधेयक परराष्ट्र मन्त्रालयले ल्याएको हो । यसमा अन्तर्राष्ट्रिय मान्यताअनुसार राहदानी जारी गर्ने, अस्थायी, कुटनीतिक तथा विशेष राहदानीसम्बन्धी व्यवस्थालाई स्पष्ट पार्ने, राहदानीको वितरण प्रक्रियालाई सेवाग्राहीमुखी बनाउने उदेश्य राखेको छ ।

राहदानी रद्द नगर्ने, जारी नगर्ने वा रोक्का राखे प्रक्रियालाई स्पष्ट पारी हाल कायम रहेको द्विविधा हटाई सहज र व्यावहारिक बनाउन विधेयक ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक महिला, बालबालिका, लैंगिकक तथा यौनिक अल्पसङ्‍ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा खनिज पदार्थ विधेयक ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक ल्याएको छ ।

राष्ट्रिय सभामा सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक दर्ता भएको छ ।

पशु रोग (नियन्त्रण) विधेयक कृषि वन तथा पर्यावरण मन्त्रालय ले ल्याएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक ल्याएको छ ।

यी ६ वटै विधेयक बिहीबार संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै रुपमा दर्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कोशी र मधेश प्रदेशका तराई जिल्लामा फैलिएको अशान्ति बढ्न नदिन कोशी प्रदेशको राजधानी विराटनगरमा सामाजिक सद्भाव र्‍याली निकालिएको छ । शुक्रबार विराटनगरस्थित नागरिक समाज, हिन्दु तथा मुस्लिम धार्मिक अगुवा, स्थानीय पेसा–व्यवसायी, मजदुरहरूको सहभागितामा र्‍याली निकालिएको हो । र्‍यालीमा धार्मिक सहिष्णुता, देशभक्ति, भ्रातृभाव झल्काउने किसिमको नारा पनि लगाइएका थिए ।
। प्राध्यापक संघ संगठनले मतभेदलाई थाती राखेर शान्ति कायम गर्न तीनै तहको सरकारलाई आग्रह गरेका छन् । सुनसरी लगायतका जिल्लामा तनावको स्थिति बनिरहेका बेला प्राध्यापक संघ संगठनको सद्भाव कायम गर्न अपिल गरेका हुन् । ‘असहज परिस्थितिमा मतभेदलाई थाती राखी न्याय र शान्तिको लागि योगदान दिन तीनै तहका सरकार, रजनीतिक दल, सञ्चारकर्मी बुद्धिजीवी धार्मिक नेता तथा सबै देशभक्त ...
। प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग अनुरोध गरेका छन् । सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् । मधेसका नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षा लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको कुरा उठाएपछि प्रधानमन्त्री शाहले संघीयता र प्रदेशको विषयमा बोलेका थिए । बैठकपछि ...
। प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्‌भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका ...
। सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न अनुरोध गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले एक सूचना जारी गर्दै सामाजिक द्वेष फैलाउने, धामिर्क सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैह्रकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन अनुरोध गरेका छन् । शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न समन्यात्मक ढंगबाट सशस्त्र प्रहरीले काम गरिरहेको पनि बताइएको छ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम