मुख्य समाचार
‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल
‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल

। ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलमा छ ।

मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी भूमिनन्द खनाल भन्छन्, ‘यो विधेयक मन्त्रालयमा आएको डेढ महिना बढी भयो ।’

यो विधेयक भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन मन्त्रालयमा पठाएको हो । गत जेठ दोस्रो साता नै यो विधेयक कानुन मन्त्रालय पुगेको हो । तर, कानुन मन्त्रालयबाट अगाडि बढ्न सकेको छैन ।

कानुन निर्माणको सन्दर्भमा सरकारले १०० दिनमा १२ वटा कानुन बनाउने लक्ष्य राखेको थियो । १३ चैत २०८२ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत कार्यसूचीमा ३० दिनभित्र, ६० दिनभित्र, ९० दिनभित्र बनाउने ऐनका सूची नै थिए ।


जसमा ४५ दिनभित्र संघीय निजामती सेवा विधेयक ल्याउने भनिएको थियो । तर अझैसम्म पनि यो विधेयक संसद्‌मा पुग्न सकेको छैन ।

बरु सरकारले यसबीचमा अध्यादेश ल्याएर सार्वजनिक प्रशासनलाई पूर्णत: राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने प्रयास ग‍र्‍यो । निजामतीमा रहेको कर्मचारी ट्रेड युनियनको प्रावधान खारेज ग‍र्‍यो । शिक्षक, प्राध्यापक तथा सबै राष्ट्र सेवक कुनै दल, समूह वा स्वार्थ केन्द्रसँगको प्रत्यक्ष वा अप्रत्यक्ष आबद्धतामा रहन नपाउने गरी अध्यादेश आए पनि निजामती विधेयक भने आउन सकेको छैन ।

२०७२ सालमा जारी संविधानले तीन तहमै आ–आफ्ना कर्मचारी हुने भनेको छ । तर संविधानअनुसार संघीय निजामती विधेयक बन्न नसक्दा कर्मचारीतन्त्र केन्द्रीकृत संरचनामै छ ।

कानुन मन्त्रालयका अधिकारीहरू विधेयकउपर छलफल चलिरहेको बताउँछन् । खासगरी विधेयकमा प्रस्तावित प्रावधानहरू संविधानको मर्म र भावनासँग मेल खान्छ कि खाँदैन भनेर हेरिँदैछ ।

संविधानअनुसार २०७४ सालमा तीन तहको निर्वाचन भएसँगै राजनीतिक संघीयता कार्यान्वयनमा आयो । तर संघीय निजामती ऐन बन्न नसक्दा प्रशासनिक संघीयता लागु हुन सकेको छैन ।

कर्मचारी समायोजनको मुख्य काम विगतको प्रतिनिधिसभाको कार्यकालभित्रै भयो । तर संघ, प्रदेश र स्थानीय तहको कर्मचारीको भर्ना, अधिकार क्षेत्र र कुन तह मातहत रहने जस्ता विषयमा परिणाम आएन । संविधानत: प्रादेशिक लोकसेवा आयोगहरू बनेका छन् । तर, अहिले पनि स्थानीय तह र प्रदेशमा संघ मातहतकै कर्मचारी छन् ।

प्रदेशको प्रमुख सचिव, प्रदेशका मन्त्रालयका सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत संघ मातहत हुनुपर्ने अडानका बीच तत्कालीन केपी ओली नेतृत्वको सरकारले विधेयक ल्याएको थियो ।

तर उक्त विधेयक ऐनमा रूपान्तरित हुन सकेन ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा पनि यो विधेयक संसद्‍मा दर्ता भएको थियो । तर फेरि पनि ऐन बन्न सकेन ।

सरकारले फेरि संसद्‍मा विधेयक ल्याउँदैछ । प्रस्तावित विधेयकमा प्रदेश र स्थानीय तहमा संघका कर्मचारी रहने विषय छ । प्रदेश र स्थानीय तहमा संघका कर्मचारी रहने विषयहरू संघीयताको मर्म विपरीत हुने कतिपयको तर्क छ ।

यसबाहेक सरकारले यसपटक कर्मचारीको सेवा अवधि ३० वर्ष राख्ने र ५५ वर्ष उमेर पुगेकालाई अनिवार्य अवकाशमा पठाउने लगायतका प्रावधान पनि प्रस्ताव गरेको छ ।

यी लगायतका प्रावधानमाथि कानुन मन्त्रालयले डेढ महिना भन्दा बढी समयदेखि अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कोशी र मधेश प्रदेशका तराई जिल्लामा फैलिएको अशान्ति बढ्न नदिन कोशी प्रदेशको राजधानी विराटनगरमा सामाजिक सद्भाव र्‍याली निकालिएको छ । शुक्रबार विराटनगरस्थित नागरिक समाज, हिन्दु तथा मुस्लिम धार्मिक अगुवा, स्थानीय पेसा–व्यवसायी, मजदुरहरूको सहभागितामा र्‍याली निकालिएको हो । र्‍यालीमा धार्मिक सहिष्णुता, देशभक्ति, भ्रातृभाव झल्काउने किसिमको नारा पनि लगाइएका थिए ।
। कोशी र मधेश प्रदेशका तराई जिल्लामा फैलिएको अशान्ति बढ्न नदिन कोशी प्रदेशको राजधानी विराटनगरमा सामाजिक सद्भाव र्‍याली निकालिएको छ । शुक्रबार विराटनगरस्थित नागरिक समाज, हिन्दु तथा मुस्लिम धार्मिक अगुवा, स्थानीय पेसा–व्यवसायी, मजदुरहरूको सहभागितामा र्‍याली निकालिएको हो । र्‍यालीमा धार्मिक सहिष्णुता, देशभक्ति, भ्रातृभाव झल्काउने किसिमको नारा पनि लगाइएका थिए ।
। प्राध्यापक संघ संगठनले मतभेदलाई थाती राखेर शान्ति कायम गर्न तीनै तहको सरकारलाई आग्रह गरेका छन् । सुनसरी लगायतका जिल्लामा तनावको स्थिति बनिरहेका बेला प्राध्यापक संघ संगठनको सद्भाव कायम गर्न अपिल गरेका हुन् । ‘असहज परिस्थितिमा मतभेदलाई थाती राखी न्याय र शान्तिको लागि योगदान दिन तीनै तहका सरकार, रजनीतिक दल, सञ्चारकर्मी बुद्धिजीवी धार्मिक नेता तथा सबै देशभक्त ...
। प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग अनुरोध गरेका छन् । सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् । मधेसका नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षा लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको कुरा उठाएपछि प्रधानमन्त्री शाहले संघीयता र प्रदेशको विषयमा बोलेका थिए । बैठकपछि ...
। प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्‌भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम