मुख्य समाचार
‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान
‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान

। ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान रचेको छ । फिल्मले बिहीबार नेपालभर १ करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ ग्रस कमाएको छ ।

कतिपय हलबाट विवरण प्राप्त हुन बाँकी रहेकाले कमाइ अंक २ करोड रुपैयाँभन्दा माथि रहेको बताइएको छ ।

फिल्मको शुक्रबार दिउँसो १२ बजेसम्मको (आगामी दिनको एड्भान्स टिकट बिक्री पनि जोडेर) कमाइ ३ करोड ५० लाख ४० हजार ९१५ रुपैयाँ ग्रस पुगेको छ ।

अहिलेसम्म कुनै पनि हलिउड फिल्मले यो परिमाणमा नेपालमा ओपनिङ गर्न सकेका थिएनन् । हलिउड संचारमाध्यमका अनुसार, यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा सोनीको दोस्रो सर्वाधिक सप्ताहन्त ओपनिङ गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सोनी र मार्भलको कमिक बुकमा आधारित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले प्रदर्शनमा आएको ६ दिनमै विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ । टम हल्यान्ड सुपरहिरोको भूमिकामा रहेको यो फिल्मले बक्स अफिसमा लगभग कीर्तिमानी गतिमा उक्त उपलब्धि हासिल गरेको हो । सन् २०१९ को सुपरहिरो फिल्म ‘एभेन्जर्सः एन्डगेम’ले मात्र यो आँकडा ...
सुपरहिरो फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले विश्वव्यापी टिकट बिक्रीबाट ९२७ मिलियन अमेरिकी डलर कमाउँदै इतिहासकै दोस्रो ठूलो ओपनिङ सप्ताहन्त हासिल गरेको छ । फिल्मले आफ्नो अनुमानित २२५ मिलियन डलरको निर्माण बजेटलाई पनि सहजै उछिनेको छ । वास्तविक जीवनका श्रीमान-श्रीमती टम हल्यान्ड र जेन्डाया अभिनीत यो फिल्म विश्वव्यापी ओपनिङका आधारमा ‘एभेन्जर्सः इन्डगेम’भन्दा मात्र पछाडि छ । सन् ...
। दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ता संयोजक’ पदमा कार्यरत छिन् । शनिबार बेलुका सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले तीन राष्ट्रिय कीर्तिमान रचिन् । पहिलो- मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली । अहिलेसम्म थुप्रै गैरआवासीय ...
सोनी र मार्भल स्टुडियोजको ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ आजदेखि विश्वभर प्रदर्शनमा आएको छ । नेपालमा त यसले २ करोड ६८ लाख रुपैयाँ ग्रसको कीर्तिमानी अग्रिम टिकट बिक्री गरेको छ । फिल्मले विश्वव्यापी बक्स अफिसमा अनुमानित ४६५ मिलियन अमेरिकी डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । केही हलिउड संचारमाध्यमले यो फिल्मले यो वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने ...
— अमेरिकाकी चर्चित पोडकास्टर, योगा प्रशिक्षक तथा व्यवसायी हिलारिया बाल्डविनले आफूले ५ वर्षको उमेरदेखि नै डाइटिङ (खानपानमा नियन्त्रण) गर्न थालेको खुलासा गरेकी छन् । यो सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर विज्ञहरूका अनुसार बालबालिकामा हाल यो समस्या निकै तीव्र रूपमा फैलिरहेको छ । ‘सिरियस एक्सएम’ को ‘पेज सिक्स रेडियो’ सँगको अन्तर्वार्तामा सात सन्तानकी आमा ४२ वर्षीया ...