मुख्य समाचार
शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान
शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान

। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले सुनसरी लगायतका स्थानमा भएका घटनाप्रति दु:ख व्यक्त गर्दै राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका हुन् ।

कुनै पनि प्रकारका हिंसा, घृणा, साम्प्रदायिक विभेद वा सामाजिक विभाजनका प्रयास अस्वीकार्य छन् भन्ने राष्ट्रिय सभाको सर्वसम्मत धारणा रहेको उल्लेख गरे ।

यस घटनाको तत्काल सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न, पीडितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न उहाले सरकारसमक्ष आग्रह समेत गरे ।


साथै, उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानूनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गरे ।

अध्यक्ष दाहालले राष्ट्रिय हितलाई सर्वोपरि राखी शान्ति, सहिष्णुता, संवाद, भाइचारा र सामाजिक एकताको वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न सरोकारपक्ष सवैलाई अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कोशी र मधेश प्रदेशका तराई जिल्लामा फैलिएको अशान्ति बढ्न नदिन कोशी प्रदेशको राजधानी विराटनगरमा सामाजिक सद्भाव र्‍याली निकालिएको छ । शुक्रबार विराटनगरस्थित नागरिक समाज, हिन्दु तथा मुस्लिम धार्मिक अगुवा, स्थानीय पेसा–व्यवसायी, मजदुरहरूको सहभागितामा र्‍याली निकालिएको हो । र्‍यालीमा धार्मिक सहिष्णुता, देशभक्ति, भ्रातृभाव झल्काउने किसिमको नारा पनि लगाइएका थिए ।
। प्राध्यापक संघ संगठनले मतभेदलाई थाती राखेर शान्ति कायम गर्न तीनै तहको सरकारलाई आग्रह गरेका छन् । सुनसरी लगायतका जिल्लामा तनावको स्थिति बनिरहेका बेला प्राध्यापक संघ संगठनको सद्भाव कायम गर्न अपिल गरेका हुन् । ‘असहज परिस्थितिमा मतभेदलाई थाती राखी न्याय र शान्तिको लागि योगदान दिन तीनै तहका सरकार, रजनीतिक दल, सञ्चारकर्मी बुद्धिजीवी धार्मिक नेता तथा सबै देशभक्त ...
। प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग अनुरोध गरेका छन् । सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् । मधेसका नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षा लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको कुरा उठाएपछि प्रधानमन्त्री शाहले संघीयता र प्रदेशको विषयमा बोलेका थिए । बैठकपछि ...
। प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्‌भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका ...
। सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न अनुरोध गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले एक सूचना जारी गर्दै सामाजिक द्वेष फैलाउने, धामिर्क सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैह्रकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन अनुरोध गरेका छन् । शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न समन्यात्मक ढंगबाट सशस्त्र प्रहरीले काम गरिरहेको पनि बताइएको छ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम