मुख्य समाचार
मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले यसपटक भएका सम्झौताहरूलाई रद्दीको टोकरीमा नफाल्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव
मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले यसपटक भएका सम्झौताहरूलाई रद्दीको टोकरीमा नफाल्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव

। मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले यसपटक भएका सम्झौताहरूलाई रद्दीको टोकरीमा नफाल्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटघाटका क्रममा आफूहरूले मधेशमा भएका घटनाहरूबारे ध्यानाकर्षण गराएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।
‘सम्झौता भयो, त्यसलाई रद्दीको टोकरीमा नफालिदिनुहोला । विगतका सरकारले जस्तो नगर्नुहोला भनेका छौं,’ महतोले भेटपछि सञ्चारकर्मीसँग भने ।

मधेशमा फैलिएको आगो रोक्नका लागि राज्य संवेदनशील भएर लाग्नुपर्नेमा आफूहरूले ध्यानाकर्षण गराएको बताए ।


जुन आगो मधेशमा फैलिएको छ, त्यसलाई रोक्नुपर्यो । राज्यले रेस्पोन्स नगरेपछि त्यो रोकिंदैन नि । हामी सबै सहयोग गर्न तयार छौं । सबै पक्षको सहयोग गरेर त्यो दंगालाई रोक्नुपर्यो भनेका छौं’ महतोले भने, ‘त्यसका लागि पहल गर्नुपर्यो । ढिलो भए पनि देशको नाममा सम्बोधन गर्नुभयो, त्यसका लागि धन्यवाद छ । अलि पहिला नै गरिदिएको भए यस्तो चाहिँ हुने थिएन भनेर हामीले भन्यौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सप्तरीका दुई स्थानीय तहमा जारी रहेको कर्फ्यु आदेश दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न २ घण्टा खुकुलो पारिएपछि स्थानीय बासिन्दालाइ सहज भएको छ । शनिबार बिहान जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहान ७ देखि ९ बजेसम्मका लागि खुकुलो पारिएको थियो । सो समय सर्वसाधारण किनमेल र महत्वपूर्ण कामका लागि बाहिर निस्किएका थिए । जिल्लाको समग्र ...
— गर्मी बढेपछि दुई दिनयता पौडी खेल्न गएका तीन बालको डुबेर मृत्यु भएको छ । एक बालिका बेपत्ता छिन् । जिल्ला प्रहरी उदयपुरका अनुसार कटारी नगरपालिका–३ हडैयामा शुक्रबार एकैघरका ११ वर्षीय सुमतकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार र ८ वर्षीय आदित्यकुमार दनुवारको डुबेर मृत्यु भएको थियो । दिउँसो गर्मीबाट जोगिन भन्दै हडैया गाउँमा पौडी खेल्न गएका ...
— नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ । शनिबार निगमले विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो । साथै निगमले बजारमा १४.२ केजी एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि आग्रह गरेको छ। निगमले असार ३१ गतेको निर्णयअनुसार १४.२ केजी ...
— भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन । माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित ३८.८० मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृती पाएको थियो । उक्त आयोजनाको स्वीकृती ३१ जुन मै सकिए पनि अहिलेसम्म नविकरण हुन सकेको छैन । सेती नदीको २४.२५ र माथिल्लो तादी खोलाको ...
— प्रधानमन्त्री वालेन्द्र शाहले ‘ब्रड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १ २औं अग्लो आठ हजार ५१ मिटर उचाइको ब्रड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमाननी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना आरोहीको निधनप्रति दुःख व्यक्त गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम