मुख्य समाचार
तराई-मधेशमा देखिएको समस्या थप बिग्रिन नदिने बहुपक्षीय रणनीति
तराई-मधेशमा देखिएको समस्या थप बिग्रिन नदिने बहुपक्षीय रणनीति

। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले तराई-मधेशमा देखिएको समस्या थप बिग्रिन नदिने बहुपक्षीय रणनीति अपनाएको बताएका छन् । शुक्रबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदसँग छलफलका क्रममा प्रधानमन्त्री बालेनले परिस्थिति थप नबिग्रिने भन्दै सांसदहरूलाई आश्वास्त पारेका हुन् ।

प्रधानमन्त्री बालेलले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन पनि आग्रह गरे ।

सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको प्रधानमन्त्री बालेनले बताएको उनको सचिवालयले जनाएको छ ।

यस्तै उनले सबै सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न पनि आग्रह गरे ।


अप्ठेरो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर जनताको दु:ख–सुखमा उभिनु नै सांसदहरूको वास्तविक दायित्व भएको पनि प्रधानमन्त्री बालेनले स्मरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सप्तरीका दुई स्थानीय तहमा जारी रहेको कर्फ्यु आदेश दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न २ घण्टा खुकुलो पारिएपछि स्थानीय बासिन्दालाइ सहज भएको छ । शनिबार बिहान जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहान ७ देखि ९ बजेसम्मका लागि खुकुलो पारिएको थियो । सो समय सर्वसाधारण किनमेल र महत्वपूर्ण कामका लागि बाहिर निस्किएका थिए । जिल्लाको समग्र ...
— गर्मी बढेपछि दुई दिनयता पौडी खेल्न गएका तीन बालको डुबेर मृत्यु भएको छ । एक बालिका बेपत्ता छिन् । जिल्ला प्रहरी उदयपुरका अनुसार कटारी नगरपालिका–३ हडैयामा शुक्रबार एकैघरका ११ वर्षीय सुमतकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार र ८ वर्षीय आदित्यकुमार दनुवारको डुबेर मृत्यु भएको थियो । दिउँसो गर्मीबाट जोगिन भन्दै हडैया गाउँमा पौडी खेल्न गएका ...
— नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ । शनिबार निगमले विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो । साथै निगमले बजारमा १४.२ केजी एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि आग्रह गरेको छ। निगमले असार ३१ गतेको निर्णयअनुसार १४.२ केजी ...
— भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन । माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित ३८.८० मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृती पाएको थियो । उक्त आयोजनाको स्वीकृती ३१ जुन मै सकिए पनि अहिलेसम्म नविकरण हुन सकेको छैन । सेती नदीको २४.२५ र माथिल्लो तादी खोलाको ...
— प्रधानमन्त्री वालेन्द्र शाहले ‘ब्रड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १ २औं अग्लो आठ हजार ५१ मिटर उचाइको ब्रड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमाननी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना आरोहीको निधनप्रति दुःख व्यक्त गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम