मुख्य समाचार
सरकारले प्राङ्‍गारिक मल उत्पादकहरूको विवरण संकलन गर्दै
सरकारले प्राङ्‍गारिक मल उत्पादकहरूको विवरण संकलन गर्दै

। सरकारले प्राङ्‍गारिक मल उत्पादकहरूको विवरण संकलन गर्दैछ ।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले देशभर रहेका व्यावसायिक प्राङगारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु भएको जानकारी गराएकी हुन् ।

नेपालमा प्राङ्‍गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबीच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन भएको हो ।

मन्त्री चौधरीले प्राङ्‍गारिक मल, कम्पोस्ट तथा अन्य जैविक मल व्यावसायिक रूपमा उत्पादन गरिरहेका वा दर्तायुक्त उद्योग वा फर्म सञ्चालन गरिरहेका सबै उत्पादकलाई आफ्नो विवरण अनिवार्य रूपमा दर्ता गराउन आग्रह गरेकी छन् ।


उत्पादकहरूले क्यूआर कोड स्क्यान गरेर वा अनलाइन दर्ता गर्न सक्नेछन् ।

यही साउन २१ गते सम्म विवरण दर्ता गर्न भनिएको छ ।

मन्त्रालयले सबै व्यावसायिक प्राङ्‍गारिक तथा जैविक मल उत्पादकलाई समयमै विवरण दर्ता गराई दिगो कृषि विकास, माटोको उर्वराशक्ति संरक्षण तथा प्राङ्‍गारिक कृषि प्रवर्द्धनको अभियानमा सहभागी हुन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सप्तरीका दुई स्थानीय तहमा जारी रहेको कर्फ्यु आदेश दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न २ घण्टा खुकुलो पारिएपछि स्थानीय बासिन्दालाइ सहज भएको छ । शनिबार बिहान जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहान ७ देखि ९ बजेसम्मका लागि खुकुलो पारिएको थियो । सो समय सर्वसाधारण किनमेल र महत्वपूर्ण कामका लागि बाहिर निस्किएका थिए । जिल्लाको समग्र ...
— गर्मी बढेपछि दुई दिनयता पौडी खेल्न गएका तीन बालको डुबेर मृत्यु भएको छ । एक बालिका बेपत्ता छिन् । जिल्ला प्रहरी उदयपुरका अनुसार कटारी नगरपालिका–३ हडैयामा शुक्रबार एकैघरका ११ वर्षीय सुमतकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार र ८ वर्षीय आदित्यकुमार दनुवारको डुबेर मृत्यु भएको थियो । दिउँसो गर्मीबाट जोगिन भन्दै हडैया गाउँमा पौडी खेल्न गएका ...
— नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ । शनिबार निगमले विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो । साथै निगमले बजारमा १४.२ केजी एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि आग्रह गरेको छ। निगमले असार ३१ गतेको निर्णयअनुसार १४.२ केजी ...
— भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन । माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित ३८.८० मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृती पाएको थियो । उक्त आयोजनाको स्वीकृती ३१ जुन मै सकिए पनि अहिलेसम्म नविकरण हुन सकेको छैन । सेती नदीको २४.२५ र माथिल्लो तादी खोलाको ...
— प्रधानमन्त्री वालेन्द्र शाहले ‘ब्रड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १ २औं अग्लो आठ हजार ५१ मिटर उचाइको ब्रड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमाननी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना आरोहीको निधनप्रति दुःख व्यक्त गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम