मुख्य समाचार
सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्‌भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट
सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्‌भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट

। प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्‌भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे ।

प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको बताए । शान्ति–सुरक्षालाई चुस्त–दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको प्रधानमन्त्री शाहले बताए ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आआफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान गरे ।


प्रधानमन्त्री शाहले अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर उनीहरूको दु:ख–सुखमा उभिनु नै सांदहरुको वास्तविक दायित्व भएको स्मरण गराए ।

सांसदहरूले पनि प्रधानमन्त्री शाहको अनुरोधलाई सकरात्मक रूपमा लिँदै आफूहरू तत्कालै आआफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाए ।

बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनले देशैभर र विशेष गरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको समेत उल्लेख गरे ।

स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम राख्नका लागि दुवै पक्षका धार्मिक गुरुहरू, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग सघन संवादको श्रृंखलालाई निरन्तरता दिनुपर्ने सुझाव सांसदहरूले प्रस्तुत गरेका थिए ।

साथै, तनावग्रस्त तथा आसपासका क्षेत्रहरूमा धार्मिक तथा सामाजिक सौहार्द कायम राख्ने गरी निरन्तर सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने तथा सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवा वर्गलाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा सांसदहरूले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सप्तरीका दुई स्थानीय तहमा जारी रहेको कर्फ्यु आदेश दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न २ घण्टा खुकुलो पारिएपछि स्थानीय बासिन्दालाइ सहज भएको छ । शनिबार बिहान जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहान ७ देखि ९ बजेसम्मका लागि खुकुलो पारिएको थियो । सो समय सर्वसाधारण किनमेल र महत्वपूर्ण कामका लागि बाहिर निस्किएका थिए । जिल्लाको समग्र ...
— गर्मी बढेपछि दुई दिनयता पौडी खेल्न गएका तीन बालको डुबेर मृत्यु भएको छ । एक बालिका बेपत्ता छिन् । जिल्ला प्रहरी उदयपुरका अनुसार कटारी नगरपालिका–३ हडैयामा शुक्रबार एकैघरका ११ वर्षीय सुमतकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार र ८ वर्षीय आदित्यकुमार दनुवारको डुबेर मृत्यु भएको थियो । दिउँसो गर्मीबाट जोगिन भन्दै हडैया गाउँमा पौडी खेल्न गएका ...
— नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ । शनिबार निगमले विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो । साथै निगमले बजारमा १४.२ केजी एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि आग्रह गरेको छ। निगमले असार ३१ गतेको निर्णयअनुसार १४.२ केजी ...
— भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन । माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित ३८.८० मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृती पाएको थियो । उक्त आयोजनाको स्वीकृती ३१ जुन मै सकिए पनि अहिलेसम्म नविकरण हुन सकेको छैन । सेती नदीको २४.२५ र माथिल्लो तादी खोलाको ...
— प्रधानमन्त्री वालेन्द्र शाहले ‘ब्रड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १ २औं अग्लो आठ हजार ५१ मिटर उचाइको ब्रड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमाननी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना आरोहीको निधनप्रति दुःख व्यक्त गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम