मुख्य समाचार
सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न प्रधानन्यायाधीशसमक्ष माग
सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न प्रधानन्यायाधीशसमक्ष माग

— सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढिरहेका जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको छ । उक्त विषय अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको थियो । कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिसअनुसार मन्त्रालयले समर्पित इजलास गठन गरिदिन सर्वोच्च अदालतमा अनुरोध गरेको हो ।

सर्वोच्च अदालतले २०८२ माघ ११ गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुरसम्बन्धी मुद्दाको चाप बढी भएका जिल्ला अदालतहरूमा आवश्यकताअनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न भनेपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो ।

सहकारी क्षेत्रका समस्या समाधानलाई उच्च प्राथमिकता दिँदै मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्यहरूसहित उक्त प्रतिवेदन सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोज शर्मालाइ प्रतिवेदन बुझाएकी हुन् ।

कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक, ठूलो संख्यामा नागरिकको जीवन, सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक, आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ । यस्ता मुद्दाको प्रभावकारी र छिटो सुनुवाइका लागि विशेष प्राथमिकतासहित समर्पित इजलास आवश्यक रहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

प्रतिवेदनमा सहकारी ठगीका मुद्दा लामो समयसम्म विचाराधीन रहँदा पीडित बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाउन नसक्ने, न्यायमा ढिलाइ हुने तथा दोषीलाई विभिन्न प्रकारका संरक्षण हुने जोखिम बढ्ने उल्लेख गरिएको छ । त्यसैले पीडितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनःस्थापित गर्न तथा वित्तीय सुशासन कायम गर्न समर्पित इजलास गठन अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुनसरीको देवानगन्जबाट सुरु भएको तनाव देशका विभिन्न स्थानमा फैलिएको भन्दै पूर्वकूटनीतिज्ञ, नागरिक अगुवा तथा बुद्धिजीवीहरूले सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल गरेका छन् । शनिबार जारी अपिलमा दंगाबा क्रममा ज्यान गुमाएका सुनसरीका ओमप्रकाश मेहता, गणेश मेहता र सिरहाका गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै, मृतकका ...
— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, लगनखेलका तीन नायब सुब्बासहित पाँच जनालाई ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले मिलेमतोमा जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको भन्ने ...
— गृहमन्त्री सुदन गुरुङ र हिन्दु सम्राट सेनाबीच जनकपुरमा वार्ता सुरु भएको छ । तराई-मधेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका हुन् । जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा रहेको अधिकृत संगममा गृहमन्त्री गुरुङ र हिन्दु सम्राट सेनाका प्रतिनिधिबीच वार्ता भइरहेको हो । वार्तामा हिन्दु ...
— सिरहाको गोलबजारमा भएको घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ। मृतकको परिवार र सरकारबीच शुक्रबार राति सम्झौता भएको हो। वार्ताका लागि पीडित परिवारले गृहमन्त्री गुरुङलाई ८ घण्टाभन्दा बढी प्रतीक्षा गरेका थिए। गुरुङ लहानमा भेटघाटमा व्यस्त देखिएका कारण सम्झौतामा ढिलाइ भएको थियो। अबेर राति भएको सम्झौतामा मृतकका बुवा रामवृक्ष ...
— विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको एलिट एक्स्पेडले पुष्टि गरेको छ । शनिबार सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले 'गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौं' भनेको छ । साथै उक्त दुर्घटनामा अभियानका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम