मुख्य समाचार
ब्रड पिक हिमपहिरोमा कीर्तिमानी आरोही निर्मल पुर्जाको मृत्यु‍
ब्रड पिक हिमपहिरोमा कीर्तिमानी आरोही निर्मल पुर्जाको मृत्यु‍

— विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको एलिट एक्स्पेडले पुष्टि गरेको छ ।

शनिबार सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले 'गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौं' भनेको छ । साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ।

एलिट एक्स्पेडले निम्सदाइसँगै दुर्घटनामा ज्यान गुमाउने उनका विश्वासिला आरोहण सहयात्री तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाप्रति पनि श्रद्धाञ्जली अर्पण गरेको छ । कम्पनीले मृतकका परिवार, आफन्त र साथीभाइप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

वक्तव्यमा निम्सदाइलाई 'विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान् आरोहीहरूमध्ये एकलाई गुमाएको' उल्लेख गर्दै उनको साहस, विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ ।

'उनका असाधारण उपलब्धिभन्दा पनि ठूलो कुरा, उनले मानिसलाई ठूला सपना देख्न, आफ्नै क्षमतामाथि विश्वास गर्न र सीमिततालाई अस्वीकार गर्न सिकाए,' कम्पनीले भनेको छ, 'उनका कार्यहरूले लाखौं मानिसलाई आफूले सोचेभन्दा धेरै गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएका छन् ।'

कम्पनीका अनुसार निम्सदाइको दूरदृष्टि, नेतृत्व र दृढ संकल्पले एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोरलाई आजको अवस्थामा पुर्‍याएको हो । उनका कारण प्रेरित भएका असंख्य मानिसहरूमार्फत उनको विरासत सदैव जीवित रहने कम्पनीको विश्वास छ ।

एलिट एक्स्पेडले खोज तथा उद्धारमा संलग्न सबै उद्धारकर्मी र अत्यन्त कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेको छ ।

साथै, मृतकका परिवारप्रति सम्मान जनाउँदै सम्बन्धित निकायले पुष्टि गरेका विवरणबाहेक थप कुनै सार्वजनिक टिप्पणी नगर्ने कम्पनीले जनाएको छ ।

वक्तव्यको अन्त्यमा कम्पनीले भनिएको छ, 'निम्स र यस दुर्घटनामा ज्यान गुमाउने सबैलाई हामी कहिल्यै बिर्सने छैनौं । उहाँहरूको आत्मा, उद्देश्य र विरासतले आउने पुस्तासम्म प्रेरणा दिइरहनेछ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— देशका विभिन्न जिल्लामा वर्षाका कारण बाढी र पहिरोले शनिबार बिहान १० बजेसम्म ६ वटा प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ...
— पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित ८,०५१ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोपछि बेपत्ता आरोहीहरूको खोज तथा उद्धार अभियान शनिबार पनि जारी छ । ड्रोनबाट सम्भावित शव देखिएको स्थानमा हेलिकोप्टरमार्फत हवाई टोली र स्थलमार्गबाट ग्राउन्ड टोली परिचालन गरिएको हो । शनिबार अपराह्न कान्तिपुरसँग कुरा गर्दै पाकिस्तानस्थित नेपाली राजदूत रिता धितालले ड्रोनबाट शव देखिएका स्थानमा हवाई तथा स्थल दुवै टोली परिचालन ...
— रुपन्देहीको भैरहवामा शनिबार बिहान व्यवसायिक संघ–संस्थाले मुलुकमा शान्ति स्थापनाको कामना सहित सद्भाव र्‍याली निकालेका छन् । चेम्बर अफ कमर्श र सिद्वार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको अगुवाइमा आयोजित सद्भाव र्‍यालीमा उद्योगी, व्यवसायीका साथै सदरमुकाम भैरहवामा रहेका सामाजिक संघ–संस्थाका प्रतिनिधि सहभागी रहेका थिए । बिहान भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको र्‍याली बर्मेली टोल हुँदै मुख्य बजारको ...
काठमाडौँ — रेजिडेन्ट (एमडी/एमएसका आवासीय) र इन्टर्न (एमबीबीएस/बीडीएसका प्रशिक्षार्थी) चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ । डा. गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सिट तत्काल नबढाउने सहमतिपछि रेजिडेन्टलाई दिँदै आएको निर्वाह भत्ता नदिने कलेज सञ्चालकहरूको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद ...
— बर्दिबासको कालापानीमा शनिबार बिहानदेखि स्थानीयले अबरुद्ध गरेको बीपी राजमार्ग सञ्चालनमा आएको छ। आन्दोलनरत स्थानीय र स्थानीय प्रशासन बीच अनौपचारीक सहमति भएपछि बिहानदेखि अबरुद्ध राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए। डिभिजन वन कार्यालयका कर्मचारीलाई नियन्त्रणमा लिएर सरकारी गाडीमा आगजनी गर्नेमाथि दर्ता भएको मुद्दा फिर्ता हुनुपर्ने माग राख्दै स्थानीयले बीपी राजमार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम