मुख्य समाचार
भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन
भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन

— भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन । माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित ३८.८० मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृती पाएको थियो । उक्त आयोजनाको स्वीकृती ३१ जुन मै सकिए पनि अहिलेसम्म नविकरण हुन सकेको छैन ।

सेती नदीको २४.२५ र माथिल्लो तादी खोलाको १०.७० मेगावाट बिजुली निर्यातअनुमति गत शुक्रबार सकिएको छ । भारतमा बिजुली निर्यात वा आयात गर्न भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए)ले दिने आवश्यक स्वीकृति नै 'डिजिक्नेटेड अथोरिटी–डीए’ हो । उक्त स्वीकृति प्राप्त वा नवीकरण भएपछि मात्र नेपालले बिजुली निर्यात गर्न पाउँछ ।

तीनवटै आयोजनाको स्वीकृतिका लागि पठाइए पनि आइनसकेको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले बताए । ‘हामीले समय सकिनुअगावै तीनवटै आयोजनाको अप्रुभलका लागि पठाइसकेका छौं,’ उनले भने, ‘स्वीकृतिको प्रक्रियामै छ । अहिलेसम्म आइसकेको छैन । कहिले ढिला कहिले छिटो आउँछ ।’

नेपालले वर्षायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ  । हिउँदयाममा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने बाध्यता नै छ  । भारतमा बिजुली निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरुको हरेक वर्ष नवीकरण गर्नुपर्छ भने आयात गर्न समेत भारतले समय बढाउनुपर्छ । बिजुली किन्न र बेच्न भारतकै नीतिमा निर्भर रहनुपर्नेछ ।

अहिलेसम्म वर्षायाममा बिजुली निर्यात गर्न ३७ आयोजनाले अनुमति पाइसकेको छ । यसमध्ये दुई आयोजनाको बिजुली बंगलादेशमा समेत निर्यात हुँदै आएको छ । स्वीकृति अनुमति पाएको हरेक वर्ष नविकरण गर्नुपर्ने बाध्यता छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड मार्केट (डीएम)तथा रियल टाइम मार्केट (आरटीएम)मा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले भोलिका लागि एक दिनअघि नै भारतको आइएक्समार्फत विद्युत् किन्ने वा बेच्ने व्यवस्था हो । वर्षायाममा बढी भएको विद्युत् बेच्न र हिउँदयाममा अपुग हुने विद्युत् किन्न यो प्रणाली प्रयोग गरिन्छ । रियल टाइम मार्केटमा नेपालले करिब एक घण्टाअघि सूचना दिएर भारतको विद्युत् बजारमा तत्काल विद्युत् किनबेच गर्न सक्ने व्यवस्था हो । अचानक बढी विद्युत् उत्पादन भए बेच्न र विद्युत् अभाव भए तुरुन्तै किन्न यो प्रणाली उपयोगी हुन्छ । भारतको प्रसारणलाइनको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।

नेपालले अहिले भारत र बंगलादेशमा १२ सय मेगावाट बिजुली बिक्री गर्न स्वीकृति पाए पनि औषत एक हजार मेगावाट मात्र बिक्री गरिरहेको छ । ४०० केभीको ढल्केबर–मुजफ्फरपुर, १३२ केभीको टनकपुर महेन्द्रनगर, कटैया–कुशवाह, रक्सौल परवानीपुर, गण्डक–रामनगर, मनैहिया–सम्पतिया प्रसारणलाइनबाट भारतसँग बिजुली खरिदबिक्री गर्दै आएको छ ।

भारतको सीईएबाट डीए अप्रुभल नपाउँदा बंगलादेशमा समेत थप २० मेगावाट बिजुली निर्यात हुन नसकेको हो । १ मंसिर २०८२ मा ढाकामा भएको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) बैठकले हालको ४० मेगावाट सम्झौताअनुसार थप २० मेगावाट बिजुली निर्यात गर्ने सहमति गरेको थियो । त्यसअनुसार आवश्यक प्रक्रिया अघि बढाउने समझदारी पनि भएको थियो । तर भारतले प्रसारणलाइनको क्षमता अभाव देखाउँदै थप २० मेगावाट बिजुली निर्यात गर्न नसकिने बताएको हो । गत असारमा भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिमा समेत २० मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिनका लागि नेपाली पक्षले आग्रह गरेको थियो ।

बिजुली निर्यात गर्न पूर्वाधार क्षमता र वर्षायाममा उत्पादन समेत सरप्लस हुन थालेको छ । अहिले चार सय केभीको ढल्केवर–मुजफ्फरपुरबाट एक हजार मेगावाट र अन्य १३२ केभीका प्रसारण लाइनबाट पनि बिजुली आयात–निर्यात हुँदै आएको छ । भारतले बिजुली निर्यातका लागि आयोजनामा चिनियाँ लगानी, ठेकेदार कम्पनीलगायतलाई हेरेर अघोषित रूपमा स्वीकृति दिएको छैन । भारतले बिजुली निर्यात गर्ने आयोजनाको स्वीकृति दिन ढिलाई गरिरहकाले कुटनीतिक पहल गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

भारतले चिनियाँ संलग्नता भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद गर्नसमेत ती आयोजनाको स्वीकृति दिन अस्वीकार गर्दै आएको छ । भारतले चिनियाँ कम्पनीले अन्तर्राष्टि्रय प्रतिस्पर्धाबाट ठेक्का पाएका आयोजनाबाट उत्पादित बिजुलीसमेत नेपाललाई निर्यात गर्न स्वीकृति दिएको छैन । यसको उदाहरण ४ सय ५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजना हो ।

उक्त आयोजनाको हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनका काम भारतीय कम्पनीले पाएको भए तापनि सिभिलको काम चिनियाँ कम्पनीले गरेका कारण हालसम्म स्वीकृति दिएको छैन । जबकि नेपालले हरेक नेपाल–भारतमा ऊर्जा संयन्त्रका बैठकमा स्वीकृति दिन माग गर्दै आएको छ ।

भारतसँग स्थल सीमा जोडिएका तर विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सम्झौता नभएका तेस्रो देशको लगानी भएका आयोजनाबाट हुने विद्युत् व्यापारमा प्रतिबन्ध लगाइएको छ । तर व्यवहारमा भारतले चिनियाँ लगानी भएका मात्र नभई चिनियाँ ठेकेदार वा चिनियाँ उपकरण प्रयोग भएका आयोजनाको विद्युत् निर्यात स्वीकृतिमा समेत अनिच्छा देखाउँदै आएको छ । त्यसकारण निर्यात बढाउनका लागि कुटनीतिक पहल गर्नुपर्ने सरोकारवालाले बताउँदै आएका छन् ।

२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले अहिले विद्युत् व्यापारमा नाफा बढाउँदै लगेको छ । २०८२/८३ मा भारत र बंगलादेशमा गरी २९ अर्ब ३२ करोड ४७ लाख रूपैयाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुक्खायाममा १० अर्ब २२ करोड ७४ लाख रूपैयाँको आयात गरेको छ । एकै बर्षमा बिजुली व्यापारमा १९ अर्ब ९ करोड ७२ लाख रूपैयाँ नाफा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सप्तरीका दुई स्थानीय तहमा जारी रहेको कर्फ्यु आदेश दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न २ घण्टा खुकुलो पारिएपछि स्थानीय बासिन्दालाइ सहज भएको छ । शनिबार बिहान जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहान ७ देखि ९ बजेसम्मका लागि खुकुलो पारिएको थियो । सो समय सर्वसाधारण किनमेल र महत्वपूर्ण कामका लागि बाहिर निस्किएका थिए । जिल्लाको समग्र ...
— गर्मी बढेपछि दुई दिनयता पौडी खेल्न गएका तीन बालको डुबेर मृत्यु भएको छ । एक बालिका बेपत्ता छिन् । जिल्ला प्रहरी उदयपुरका अनुसार कटारी नगरपालिका–३ हडैयामा शुक्रबार एकैघरका ११ वर्षीय सुमतकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार र ८ वर्षीय आदित्यकुमार दनुवारको डुबेर मृत्यु भएको थियो । दिउँसो गर्मीबाट जोगिन भन्दै हडैया गाउँमा पौडी खेल्न गएका ...
— नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ । शनिबार निगमले विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो । साथै निगमले बजारमा १४.२ केजी एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि आग्रह गरेको छ। निगमले असार ३१ गतेको निर्णयअनुसार १४.२ केजी ...
— प्रधानमन्त्री वालेन्द्र शाहले ‘ब्रड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १ २औं अग्लो आठ हजार ५१ मिटर उचाइको ब्रड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमाननी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना आरोहीको निधनप्रति दुःख व्यक्त गरेका ...
— वीरगन्जमा दुई युवाबीच भएको कुटपिट घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। घटनालाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धार्मिक सद्भाव खल्बल्याउने प्रकृतिका सामग्री प्रसारण भएको भन्दै पर्सा प्रहरीले सही तथ्यका आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार साँझ करिब साढे ७ बजे वीरगन्ज महानगरपालिका–२ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम