— गर्मी बढेपछि दुई दिनयता पौडी खेल्न गएका तीन बालको डुबेर मृत्यु भएको छ । एक बालिका बेपत्ता छिन् ।
जिल्ला प्रहरी उदयपुरका अनुसार कटारी नगरपालिका–३ हडैयामा शुक्रबार एकैघरका ११ वर्षीय सुमतकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार र ८ वर्षीय आदित्यकुमार दनुवारको डुबेर मृत्यु भएको थियो । दिउँसो गर्मीबाट जोगिन भन्दै हडैया गाउँमा पौडी खेल्न गएका उनीहरुको डुबेर मृत्यु भएको थियो । उनी शव शुक्रबार साँझ निकालिएको थियो ।
शनिबार दिउँसो त्रियुगा नगरपालिका–३ मोतिगडा चाँपस्थित पोखरीमा डुबेर १२ वर्षीया ग्रिष्मा कार्की बेपत्ता छिन् ।
चौदण्डीगढी–९ हडियाकी जानुका कार्कीकी छोरी ग्रिष्मा आफन्तकोमा आएको बेला साथीहरुसँग पौडी खेल्न गएकी थिइन् । सँगै गएका दुई साथी फर्के पनि उनी पोखरीमै डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको खोज तथा उद्धार टोलीले पोखरीभित्र बालिकाको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी उपेन्द्र खरेलले बताए । गर्मीका बेला बालबालिकालाई पोखरीतर्फ गएका बेला ध्यान दिन प्रहरीले अभिभावकहरुलाई सचेत गराएको छ ।