मुख्य समाचार
डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए
डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले सरकारले यस क्षेत्रमा उच्च महत्वाकांक्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताए।

उनले सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्न आग्रह गरे। सभापति थापाले डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड (ब्याकबोन) बनाउन सकिने सम्भावना औंल्याउँदै यसलाई कुनै एक राजनीतिक दलको मात्र नभई साझा एजेण्डा बनाउनुपर्ने धारणा राखे।

सभापति थापाले संसदमा यस विषयमा हुने बहसलाई थप प्रभावकारी र तथ्यपरक बनाउन आवश्यक सामग्री र अध्ययन प्रतिवेदनहरू सांसदहरूलाई तत्काल उपलब्ध गराउने तयारी गरिरहेको समेत जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काभा महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण पुनः नेपालमा नै आयोजना हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकले काभा महिला भलिबल च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २१ सम्म (नोभेम्बर १ देखि७ ) सम्म काठमाडौंमा हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकमा यससँगै अन्य विषयहरुको पनि उठान र ...
: जेनजी आन्दोलनमा कारागारबाट फरार भएका कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन्। प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवका अनुसार प्रहरीले उनलाई घरबाट पक्राउ गरेको हो। एक सिंगे गैंडा मारी, वन्यजन्तु सम्बन्धि कसुर गरेको मुद्दामा १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएर भरतपुर कारागारमा चितवन थाकलटारका ४५ वर्षीय आईतसिंह लामा कैद भुक्तान गरिएका थिए। तर, जेन्जी ...
: नवलपरासीका सीमावर्ती बजार क्षेत्रबाट भारततर्फ ग्यासको कालोबजारी हुने गरेको पाइएको छ । नेपालका केही जिल्लामा ग्यास अभाव भएको गुनासो आइरहेका बेला नवलपरासीको महेशपुर, पाल्हीन्नदन, सरावल, प्रतापपुरलगायतका सीमावर्ती क्षेत्रका बजारबाट नेपाली ग्यास भारतीय उपभोक्तालाई महँगो मूल्यमा बिक्री भइरहेको गुनासो आएको छ । नेपाली उपभोक्ता जाँदा ‘ग्यास छैन’ भन्ने तर भारतबाट आएका ग्राहकसँग बढी रकम लिएर ...
: आकर्षक तलवमा रोजगारीका लागि विदेश पठाई दिन्छु भन्दै रकम ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–३ बस्ने बारा घर भएका ३३ वर्षीय सागर उप्रेती र रूपन्देही घर भएका ४५ वर्षीय कृष्ण कुमार उपाध्याय रहेका छन् । पक्राउमध्ये सागरले फ्रान्स पठाइ दिन्छु भन्दै एक जना पीडितबाट ९ लाख रूपैयाँ र ...
: काठमाडौंबाट खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन्। महोत्तरीदेखि काठमाडौं आउँदै गरेको बसबाट आज बिहान सिरहा कर्जन नगरपालिका- ३२४ वर्षीय समिर लामालाई ३३ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। उनका अनुसार अनुसन्धानको सिलसिलामा उक्त लागु औषध रिसिभ गर्न आउने सिरहा त्रियुगा नगरपालिका-१२ का २८ वर्षीय जीवन लामालाई नागार्जुन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम