मुख्य समाचार
तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह
तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह गरेका छन्। नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आज एक श्रद्धान्जली सन्देश जारी गर्दै ओलीले दुवै नेताको त्याग, समर्पण र क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरेका हुन्।

अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले नेपालमा किसान आन्दोलनलाई वैचारिक तथा संगठनात्मक रूपमा सुदृढ बनाउन महत्वपूर्ण योगदानको स्मरण गरे। सामन्तवादी भूस्वामित्वको समयमा अमात्यले जसको जोत, उसको पोत भन्ने नारासहित किसानहरूलाई आफ्नो हक र अधिकारका लागि संगठित हुन प्रेरित गरेको ओलीले उल्लेख गरेका छन्। अमात्यले निरंकुशताविरुद्धको संघर्ष तथा वामपन्थी आन्दोलनमा निर्वाह गरेको भूमिका नेपाली राजनीतिक इतिहासमा सधैं स्मरणीय रहने ओलीले बताए।

सन्देशमा अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्धको संघर्षका निडर तथा क्रान्तिकारी योद्धाका रूपमा स्मरण गरिएको छ। पन्तले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानहरूको पक्षमा आन्दोलनको नेतृत्व गरेको सन्देशमा उल्लेख गरिएको छ।

पन्तलाई २०१० साल साउन १७ गते गोली हानी हत्या गरिएको र किसान आन्दोलनलाई दबाउने उद्देश्यले उहाँको शिर छिनाएर प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको इतिहासको अत्यन्त दुःखद अध्यायका रूपमा स्मरण हुने गरेको ओलीले उल्लेख गरेका छन्।

लोकतान्त्रिक प्रणालीको रक्षा, सामाजिक न्याय, समानता र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नु नै उहाँहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने ओलीले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काभा महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण पुनः नेपालमा नै आयोजना हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकले काभा महिला भलिबल च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २१ सम्म (नोभेम्बर १ देखि७ ) सम्म काठमाडौंमा हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकमा यससँगै अन्य विषयहरुको पनि उठान र ...
: जेनजी आन्दोलनमा कारागारबाट फरार भएका कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन्। प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवका अनुसार प्रहरीले उनलाई घरबाट पक्राउ गरेको हो। एक सिंगे गैंडा मारी, वन्यजन्तु सम्बन्धि कसुर गरेको मुद्दामा १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएर भरतपुर कारागारमा चितवन थाकलटारका ४५ वर्षीय आईतसिंह लामा कैद भुक्तान गरिएका थिए। तर, जेन्जी ...
: नवलपरासीका सीमावर्ती बजार क्षेत्रबाट भारततर्फ ग्यासको कालोबजारी हुने गरेको पाइएको छ । नेपालका केही जिल्लामा ग्यास अभाव भएको गुनासो आइरहेका बेला नवलपरासीको महेशपुर, पाल्हीन्नदन, सरावल, प्रतापपुरलगायतका सीमावर्ती क्षेत्रका बजारबाट नेपाली ग्यास भारतीय उपभोक्तालाई महँगो मूल्यमा बिक्री भइरहेको गुनासो आएको छ । नेपाली उपभोक्ता जाँदा ‘ग्यास छैन’ भन्ने तर भारतबाट आएका ग्राहकसँग बढी रकम लिएर ...
: आकर्षक तलवमा रोजगारीका लागि विदेश पठाई दिन्छु भन्दै रकम ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–३ बस्ने बारा घर भएका ३३ वर्षीय सागर उप्रेती र रूपन्देही घर भएका ४५ वर्षीय कृष्ण कुमार उपाध्याय रहेका छन् । पक्राउमध्ये सागरले फ्रान्स पठाइ दिन्छु भन्दै एक जना पीडितबाट ९ लाख रूपैयाँ र ...
: काठमाडौंबाट खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन्। महोत्तरीदेखि काठमाडौं आउँदै गरेको बसबाट आज बिहान सिरहा कर्जन नगरपालिका- ३२४ वर्षीय समिर लामालाई ३३ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। उनका अनुसार अनुसन्धानको सिलसिलामा उक्त लागु औषध रिसिभ गर्न आउने सिरहा त्रियुगा नगरपालिका-१२ का २८ वर्षीय जीवन लामालाई नागार्जुन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम