मुख्य समाचार
दक्षिण एसियाली राष्ट्रहरुबीच हुने साफ च्याम्पियनसिप फुटबलको तालिका निर्धारण
दक्षिण एसियाली राष्ट्रहरुबीच हुने साफ च्याम्पियनसिप फुटबलको तालिका निर्धारण

: दक्षिण एसियाली राष्ट्रहरुबीच हुने साफ च्याम्पियनसिप फुटबलको तालिका निर्धारण भएको छ । भुटानमा भएको ‘ड्र’ मा नेपाल बाहेक दक्षिण एसियाका ६ देशको समूह विभाजन भएको हो । साफका अनुसार यदि सेप्टेम्बर ३० सम्ममा नेपालको फिफा प्रतिबन्ध खुलेको खण्डमा नेपालले आयोजक राष्ट्र बंगलादेशको समूह ‘ए’ मा रहेर साफ खेल्ने सम्भावना रहेको छ ।

‘ड्र’ सुरु हुनु अगाडि नै साफले नेपालको सहभागिताको बारेमा जानकारी दिएको थियो । समूह ‘ए’ मा आयोजक राष्ट्र बंगलादेशसँग श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र माल्दिभ्सले खेल्ने छन् । यदि ६ टिम भएको खण्डमा प्रतियोगितामा ९ खेल हुनेछ ।

जसमा लिग कम नकआउट प्रणालीमा खेल हुँदा हरेक टिमका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । यदि नेपालले सहभागिता जनाएको खण्डमा १२ खेल हुनेछन् । जसमा ९ वटा लिगको खेल हुनेछ भने २ सेमिफाइनल र १ फाइनल हुनेछ । प्रतियोगिता नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशको ढाकामा सञ्चालन हुनेछ । साफ च्याम्पियनसिपको १४ वटा संस्करण सम्पन्न हुँदा नेपाल १ पटक मात्र फाइनल पुगेको छ ।

नेपाल सन् २०२१ मा फाइनल प्रवेश गरेको थियो । नेपालले सन् २०२१ बाहेक १४ संस्करणमा ६ पटक सेमिफाइनलसम्म स्थान बनाएको छ । सन् १९९३, १९९५, १९९९, २०११, २०१३ र २०१८ मा नेपालले सेमिफाइनलसम्म स्थान बनाएको थियो । प्रतियोगिताको समय नजिकिँदै गर्दा नेपालका फुटबल खेलाडी तथा प्रशिक्षकले सम्बन्धित निकायलाई फिफाको प्रतिबन्ध खुलाउन आग्रह गर्दै सामाजिक सञ्जालमा स्ट्याटस र लेखहरु राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। क्रिकेट स्कटल्यान्ड र नेदरल्यान्ड्सको रोयल डच क्रिकेट संघ (केएनसीबी) ले आईसीसी पुरुष ५० ओभर विश्वकपको छनोट प्रक्रिया र प्रतियोगिता संरचनामा गरिएको परिवर्तनप्रति असन्तुष्टि जनाएका छन् । दुवै क्रिकेट संघले विश्वकप सुरु हुन १८ महिनाभन्दा कम समय बाँकी रहँदा आईसीसीले छनोट संरचनामा महत्वपूर्ण परिवर्तन गरेको भन्दै यसले एसोसिएट राष्ट्रको क्रिकेट विकासमा असर पार्ने बताएका छन् । संयुक्त ...
। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको हो । ‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौं’ क्यान सचिव पारस ...
: ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरले थप ६ वर्षका लागि रियल म्याड्रिडसँग आफ्नो सम्झौता नवीकरण गरेका छन्। भिनिसियसले सन् २०३२ सम्मका लागि रियल म्याड्रिडसँग सम्झौता नवीकरण गरेका हुन्। २६ वर्षीय भिनिसियसको रियलमा अघिल्लो सम्झौताअनुसार अन्तिम वर्ष चलिरहँदा उनले थप ६ वर्षको सम्झौता गरेका हुन्। उनको रियलमा सम्झौता सकिँदै गर्दा उनीमाथि आर्सनलले पनि नजर लगाइरहेको थियो। नयाँ ...
: युगान्डाका चर्चित फुटबलर डेभिड ओवोरीको निधन भएको छ । मंगलबार संदिग्ध लुटेराहरूले ओवोरीमाथि आक्रमण गरेको स्थानीय प्रहरीले जनाएको छ । लुटपाटको विरोध गर्ने क्रममा उनीमाथि आक्रमण भएपछि उनी बेहोस भएका थिए । आक्रमणपछि ओवोरीलाई सुरुमा नजिकैको क्लिनिकमा लगिएको थियो । त्यसपछि उनलाई सहरकै एक निजी अस्पतालमा रिफर गरिएको थियो । तर उपचारकै क्रममा बुधबार उनको ...
। पछिल्ला दिनमा फिफा निलम्बनको असर नेपाली फुटबलमा प्रष्ट रूपमा देखिएको छ । निलम्बनको पछिल्लो शिकार नेपालको उमेर समुहको फुटबल टोली बनेको छ । फिफा निलम्बनका लागि यही अगष्ट अन्तिम देखि सुरु हुने एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हटेको छ । छनोटमा नेपाल डेपलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो । अब नेपालले यू-२० एसियन कप ...