मुख्य समाचार
इन्डोनेसियामा समुद्र बीचमा जहाजमा भीषण आगलागी
इन्डोनेसियामा समुद्र बीचमा जहाजमा भीषण आगलागी

: इन्डोनेसियामा समुद्रको बीचमा एउटा फेरी (जहाज) मा आगलागी हुँदा ठूलो दुर्घटना भएको छ । अधिकारीहरूका अनुसार फेरीमा सवार ५ जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन् ।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बसरनास) का अनुसार उक्त फेरीमा कुल २७१ जना यात्रु सवार थिए । यो जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ जाँदै थियो । यात्राका क्रममा मदुरा द्वीप नजिकै फेरीमा आगलागी भएको थियो । त्यसपछि कप्तानले घटनाबारे अधिकारीहरूलाई जानकारी दिएका थिए ।

स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियोहरूमा धेरै यात्रुहरू लाइफ ज्याकेट लगाएर लाइफबोटमा देखिएका छन् । केही अन्य भिडियोहरूमा धुवाँ र आगोको ज्वालाले घेरिएको फेरीबाट मानिसहरू तल झर्दै गरेको देखिन्छ । हाल उद्धार तथा राहत अभियान जारी रहेको छ । अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी भइरहेको र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एक साताअघिसम्म इरानलाई सैन्य हमलाको धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकाएक वार्ताका लागि लचक भएका छन् । इरानसँग वार्ता गर्ने र सम्झौताको ड्राफ्ट समेत तयार भएको दाबी गरिएको छ । ट्रम्पको यस्तो घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । उनको घोषणाले अन्तर्राष्ट्रिय नाका स्ट्रेट अफ हर्मुजमार्फत आपूर्ति पूर्ण रुपमा सहज हुने विश्वासले ...
: अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा क्षेत्रीय तनाव थप बढेमा त्यहाँबाट तत्काल बाहिरिन तयार रहन आग्रह गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा इरानमाथि थप शक्तिशाली आक्रमण गर्न सक्ने योजना बनाइरहेको दाबी गरिरहेका बेला यो अपिल आएको हो । आफ्नो सुरक्षा चेतावनीमा अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व बाहिर रहेका अमेरिकी कूटनीतिक ...
: युरोपेली पर्यटकलाई विश्वप्रसिद्ध नाज्का लाइन्स अवलोकन गराउन लैजाँदै गरेको एउटा विमान पेरुको नाज्का शहर बाहिरको खेतमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाको मृत्यु भएको छ । नाज्का नगर प्रशासनका अनुसार विमानले शनिबार नजिकैको इका शहरबाट उडान भरेको थियो । उक्त विमान पेरुको विमान सेवा कम्पनी एरोडियानाले सञ्चालन गरिरहेको थियो । कम्पनीले आफ्नो वेबसाइटमा विगत १४ ...
: इजरायली सेनाले गाजा पट्टीका विभिन्न स्थानमा गरेको आक्रमणमा कम्तीमा आठ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आइतबार मारिनेहरूमध्ये देइर अल–बलाहको दक्षिणी क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा इजरायली हेलिकप्टर आक्रमणबाट मारिएका एक पुरुष र एक महिला पनि रहेका छन् । प्यालेस्टिनी नागरिक सुरक्षाका अनुसार गाजाका अन्य क्षेत्रमा भएका छुट्टाछुट्टै आक्रमणमा पनि धेरै मानिस मारिएका छन् । खान ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्कालका लागि हुने भनिएको सैन्य आक्रमण स्थगित गरिएको घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत जानकारी दिँदै उनले दुई देशबिच सम्झौता वा सहमतिको रूपरेखा तयार भएकाले यो निर्णय लिइएको दाबी गरेका छन्। ट्रम्पका अनुसार अमेरिकाकहाँ दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा बलियो सैन्य शक्ति रहेको र इरानविरुद्ध कारबाहीका लागि टोली तयारी ...