मुख्य समाचार
ट्रम्पले इरानमाथि तत्कालका लागि हुने भनिएको सैन्य आक्रमण स्थगित गरिएको घोषणा
ट्रम्पले इरानमाथि तत्कालका लागि हुने भनिएको सैन्य आक्रमण स्थगित गरिएको घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्कालका लागि हुने भनिएको सैन्य आक्रमण स्थगित गरिएको घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत जानकारी दिँदै उनले दुई देशबिच सम्झौता वा सहमतिको रूपरेखा तयार भएकाले यो निर्णय लिइएको दाबी गरेका छन्।

ट्रम्पका अनुसार अमेरिकाकहाँ दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा बलियो सैन्य शक्ति रहेको र इरानविरुद्ध कारबाहीका लागि टोली तयारी अवस्थामा रहेको थियो। तर इरान र मध्यपूर्वका केही अन्य देशहरूले सम्झौताको रूपरेखा तयार भइसकेकाले आक्रमण रोक्न अनुरोध गरेका थिए।

प्रस्तावित सम्झौताअनुसार इरानले 'स्ट्रेट अफ होर्मुज' लाई तत्काल, पूर्ण रूपमा र विना कुनै बाधा खोल्नुपर्नेछ। यसका साथै इरानको आणविक खतरालाई पूर्ण रूपमा अन्त्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ।

'विश्वको भविष्य तथा इरानको स्थिरता र समृद्धिलाई ध्यानमा राख्दै आक्रमण रद्द गर्ने निर्णय गरिएको हो,' ट्रम्पले भनेका छन्। यस निर्णयमा इजरायलको पनि समर्थन रहेको उल्लेख गर्दै ट्रम्पले सबै पक्षलाई सम्झौताको प्रक्रिया चाँडोभन्दा चाँडो टुंग्याउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोले तीन घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो । पहिरोमा १३ जना पुरिएका थिए । प्रहरीका अनुसार सोमबार बिहानसम्म सात जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ । मृतकमध्ये ...
। जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, खडेरी र डढेलोबीच पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव गरेको छ । युरोपेली सङ्घ (इयू) को विश्वव्यापी तापक्रम अनुगमन प्रणाली कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस क्षेत्रमा तापक्रमको कीर्तिमान देखाएको हो । कोपर्निकसका अनुसार जुन–जुलाईमा पश्चिमी युरोपको संयुक्त औसत तापक्रम ...
। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न गुप्तचरमा आधारित कारबाहीमा १५ जना लडाकु मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर)का अनुसार प्रान्तका मास्तुङ, बोलान, वाशुक, अवारान, सिबी, खुजदार, हरनाई र नुश्की जिल्लामा ती कारबाही सञ्चालन गरिएको हो । कारबाहीका क्रममा १५ जना लडाकू मारिनुका साथै उनीहरूको साथबाट ठूलो परिमाणमा हतियार ...
। साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनका हुथी विद्रोहीले आइतबार दाबी गरेका छन् । साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको दाबी गरेको हो । हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको बताए । उत्तरपश्चिमी यमनमा साउदी ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन् । उनले जबसम्म हमासले पूर्ण रूपमा हतियार बसाउँदैन, तबसम्म इजरायली सेना गाजाबाट नफर्किने पनि अडान लिएका छन् । ‘इजरायले १५ बुँदे दस्ताबेज स्वीकार गर्दैन,’ आइतबार नेतन्याहुले भने, ‘हमासले पूर्ण रूपमा हतियार नबसाएसम्म इजरायली सेना फिर्ता हुन्न । र, ...