मुख्य समाचार
विदेश पठाई दिन्छु भन्दै रकम ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ
विदेश पठाई दिन्छु भन्दै रकम ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

: आकर्षक तलवमा रोजगारीका लागि विदेश पठाई दिन्छु भन्दै रकम ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–३ बस्ने बारा घर भएका ३३ वर्षीय सागर उप्रेती र रूपन्देही घर भएका ४५ वर्षीय कृष्ण कुमार उपाध्याय रहेका छन् ।

पक्राउमध्ये सागरले फ्रान्स पठाइ दिन्छु भन्दै एक जना पीडितबाट ९ लाख रूपैयाँ र कृष्ण कुमारले रोमानिया पठाइ दिन्छु भन्दै एक जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई टोखा नगरपालिका–१ बाट र कृष्ण कुमारलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने घोषणा गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘देश र कांग्रेस जोड्ने’ नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ ...
: पाकिस्तानस्थित विश्वको १२ औं अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी मृत्यु भएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ नेपाली आरोहीको शव स्वदेश ल्याउन पहल अगाडि बढाइएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै साउन १४ गते (३० जुलाई २०२६) ब्रोड पीकको करिब ६,६०० मिटर उचाइमा क्याम्प–२ बाट क्याम्प–३ ...
: तराई मधेस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमपछि जिल्ला प्रशासन कार्यालयले कैलालीका भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरूले अनिवार्य रूपमा आधिकारिक परिचय पत्र देखाएर मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको अन्तर धार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरूले ...
: निलगाईसँग मोटरसाइकल ठोक्किँदा महोत्तरीको बर्दिवासमा एक जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–३ काँरेभोगटेस्थित बीपी राजमार्गमा आइतबार भएको सो दुर्घटनामा परी जनकपुरधाम उपमहानगरपालिका–१ घर भएका ३२ बर्षीय बिनयकुमार साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकलले सडक काट्दै गरेको निलगाईलाई ठक्कर दिएको ...
: काभा महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण पुनः नेपालमा नै आयोजना हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकले काभा महिला भलिबल च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २१ सम्म (नोभेम्बर १ देखि७ ) सम्म काठमाडौंमा हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकमा यससँगै अन्य विषयहरुको पनि उठान र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम