मुख्य समाचार
काभा महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण पुनः नेपालमा नै आयोजना हुने
काभा महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण पुनः नेपालमा नै आयोजना हुने

: काभा महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण पुनः नेपालमा नै आयोजना हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकले काभा महिला भलिबल च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २१ सम्म (नोभेम्बर १ देखि७ ) सम्म काठमाडौंमा हुने भएको छ ।

नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकमा यससँगै अन्य विषयहरुको पनि उठान र निर्णय भएको थियो । जसमा भलिबल संघको स्थापना भएको ५० वर्ष पुग्न लाग्दा आगामी अक्टोबरमा भलिबल संघको ‘गोल्डेन जुब्ली’ (स्वर्ण जयन्ती) मनाउने भएको छ ।

यसै बैठकले आगामी असोजमा संघको जिल्ला तथा प्रदेशको चुनावी साधारण सभा गराउने निर्णय गरेको हो । असोजको ६ गतेसम्म ७७ जिल्लाको र असोज १५ गतेसम्म ७ प्रदेशको चुनाव सम्पन्न गर्ने निर्णय भएको भलिबल संघका महासचिव रोशन श्रेष्ठले अन्नपूर्ण पोष्टसँग कुरा गर्दै जानकारी दिएका हुन् ।
त्यस्तै, भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको दशक पुग्न लाग्दा समेत अन्तर्राष्ट्रियस्तरको कभर्ड हल नभएको हुँदा यो बैठकले पूर्वाधारमा पनि जोड दिने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । ‘नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भएको १० वर्ष पुग्न लाग्दा पनि राम्रो कभर्ड हल नहुँदा अब कर्पोरेट तथा नेपालका आम भलिबल समर्थकको साथमा हामी पूर्वाधार विकास गर्न चाहन्छौं’, उनले अन्नपूर्ण पोष्टसँग भने ।
अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको लागि काठमाडौंमा ५ हजार दर्शक क्षमताको कभर्ड हल तथा सातै प्रदेशमा ३ हजार दर्शक क्षमताको कभर्ड हल बनाउने लक्ष्य राखेको महासचिव श्रेष्ठले भने । ‘यसको लागि सम्पूर्ण नेपालीको सहयोगको आवश्यक पर्नेछ । हामी सबै तर्फको सहयोगको अपेक्षा राख्दछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तराई मधेस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमपछि जिल्ला प्रशासन कार्यालयले कैलालीका भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरूले अनिवार्य रूपमा आधिकारिक परिचय पत्र देखाएर मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको अन्तर धार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरूले ...
: निलगाईसँग मोटरसाइकल ठोक्किँदा महोत्तरीको बर्दिवासमा एक जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–३ काँरेभोगटेस्थित बीपी राजमार्गमा आइतबार भएको सो दुर्घटनामा परी जनकपुरधाम उपमहानगरपालिका–१ घर भएका ३२ बर्षीय बिनयकुमार साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकलले सडक काट्दै गरेको निलगाईलाई ठक्कर दिएको ...
: जेनजी आन्दोलनमा कारागारबाट फरार भएका कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन्। प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवका अनुसार प्रहरीले उनलाई घरबाट पक्राउ गरेको हो। एक सिंगे गैंडा मारी, वन्यजन्तु सम्बन्धि कसुर गरेको मुद्दामा १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएर भरतपुर कारागारमा चितवन थाकलटारका ४५ वर्षीय आईतसिंह लामा कैद भुक्तान गरिएका थिए। तर, जेन्जी ...
: नवलपरासीका सीमावर्ती बजार क्षेत्रबाट भारततर्फ ग्यासको कालोबजारी हुने गरेको पाइएको छ । नेपालका केही जिल्लामा ग्यास अभाव भएको गुनासो आइरहेका बेला नवलपरासीको महेशपुर, पाल्हीन्नदन, सरावल, प्रतापपुरलगायतका सीमावर्ती क्षेत्रका बजारबाट नेपाली ग्यास भारतीय उपभोक्तालाई महँगो मूल्यमा बिक्री भइरहेको गुनासो आएको छ । नेपाली उपभोक्ता जाँदा ‘ग्यास छैन’ भन्ने तर भारतबाट आएका ग्राहकसँग बढी रकम लिएर ...
: आकर्षक तलवमा रोजगारीका लागि विदेश पठाई दिन्छु भन्दै रकम ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–३ बस्ने बारा घर भएका ३३ वर्षीय सागर उप्रेती र रूपन्देही घर भएका ४५ वर्षीय कृष्ण कुमार उपाध्याय रहेका छन् । पक्राउमध्ये सागरले फ्रान्स पठाइ दिन्छु भन्दै एक जना पीडितबाट ९ लाख रूपैयाँ र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम