मुख्य समाचार
इजरायली सेनाले गाजा पट्टीका विभिन्न स्थानमा गरेको आक्रमणमा कम्तीमा आठ जना प्यालेस्टिनीको मृत्यु
इजरायली सेनाले गाजा पट्टीका विभिन्न स्थानमा गरेको आक्रमणमा कम्तीमा आठ जना प्यालेस्टिनीको मृत्यु

: इजरायली सेनाले गाजा पट्टीका विभिन्न स्थानमा गरेको आक्रमणमा कम्तीमा आठ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आइतबार मारिनेहरूमध्ये देइर अल–बलाहको दक्षिणी क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा इजरायली हेलिकप्टर आक्रमणबाट मारिएका एक पुरुष र एक महिला पनि रहेका छन् ।

प्यालेस्टिनी नागरिक सुरक्षाका अनुसार गाजाका अन्य क्षेत्रमा भएका छुट्टाछुट्टै आक्रमणमा पनि धेरै मानिस मारिएका छन् । खान युनिसमा तीन जना र गाजा सिटीको पुरानो सहर क्षेत्रमा एक जनाको मृत्यु भएको बताइएको छ । यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ ले गत वर्ष भएको गाजा युद्धविराम सम्झौता कार्यान्वयनका लागि १५ बुँदे मार्गचित्र सार्वजनिक गरेको दुई दिनपछि भएका हुन् ।

कूटनीतिक पहल भइरहे पनि इजरायली आक्रमणहरू निरन्तर जारी रहेको देखिएको छ । उक्त मार्गचित्र अझै जमिनमा कार्यान्वयन हुन सकेको छैन । हमासले इजरायलले सैन्य कारबाही रोक्ने र गत वर्षको सम्झौताअनुसार आफ्ना सेना फिर्ता लैजाने अवस्था आएपछि मात्र आफ्ना हतियार भण्डारणका लागि बुझाउने बताएको छ ।

इजरायली एक अधिकारीका अनुसार हमासले ‘वास्तविक रूपमा निशस्त्रीकरण’ नगरेसम्म इजरायल हालका सैन्य स्थानहरूबाट पछि हट्ने छैन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस पहलका बारेमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–ग्विरले यसलाई अस्वीकार्य भन्दै इजरायलले हमासका नेताहरूलाई लक्षित गर्ने अभियान जारी राख्नुपर्ने बताएका छन् ।

संयुक्त अरब इमिरेट्समा रहेका पूर्व वरिष्ठ फताह अधिकारी मोहम्मद दहलानले ट्रम्पका ज्वाइँ तथा अमेरिकी पहलका वरिष्ठ सल्लाहकार जारेड कुशनरले गाजामाथिको आक्रमण रोक्न आफू इजरायलसँग काम गरिरहेको बताएको जानकारी दिएका छन् । दहलानका अनुसार वासिङ्टनसँग वार्ता जारी छ र सम्झौताको सफलता अब इजरायलले दैनिक आक्रमण पूर्ण रूपमा रोक्छ कि रोक्दैन भन्नेमा निर्भर छ ।

यसैबीच, शनिबार मध्य गाजामा इजरायली आक्रमणबाट चिकित्सा सामग्री भण्डारण गर्ने एउटा गोदाम पनि ध्वस्त भएको छ । उक्त स्थानमा करिब २० मिटर चौडा र १० मिटर गहिरो खाल्डो बनेको बताइएको छ । युद्धविरामको प्रयास भइरहे पनि गाजामा आक्रमणको क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...