मुख्य समाचार
नाज्का लाइन्स अवलोकन गराउन लैजाँदै गरेको एउटा विमान पेरुको नाज्का शहर बाहिरको खेतमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाको मृत्यु
नाज्का लाइन्स अवलोकन गराउन लैजाँदै गरेको एउटा विमान पेरुको नाज्का शहर बाहिरको खेतमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाको मृत्यु

: युरोपेली पर्यटकलाई विश्वप्रसिद्ध नाज्का लाइन्स अवलोकन गराउन लैजाँदै गरेको एउटा विमान पेरुको नाज्का शहर बाहिरको खेतमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाको मृत्यु भएको छ । नाज्का नगर प्रशासनका अनुसार विमानले शनिबार नजिकैको इका शहरबाट उडान भरेको थियो ।

उक्त विमान पेरुको विमान सेवा कम्पनी एरोडियानाले सञ्चालन गरिरहेको थियो । कम्पनीले आफ्नो वेबसाइटमा विगत १४ वर्षदेखि सेस्ना ग्रान्ड क्याराभान विमानमार्फत पर्यटकलाई हवाई मार्गबाट ऐतिहासिक तथा पुरातात्विकस्थल नाज्का लाइन्स अवलोकन गराउँदै आएको जनाएको छ ।

किन प्रसिद्ध छ नाज्का लाइन्स ?

नाज्का लाइन्स पेरुको मरुभूमिको सतह खोतलेर बनाइएका विशाल भू–आकृतिहरूको समूह हो । यी आकृतिहरू सयौं वर्षअघि पेरुका आदिवासी समुदायले बनाएका थिए । विभिन्न जनावरका आकारमा बनाइएका यी आकृतिहरू पूरै रूपमा केवल विमान वा विशेष अवलोकन टावरबाट मात्रै देख्न सकिन्छ । यही विशेषताका कारण नाज्का लाइन्स विश्वप्रसिद्ध पर्यटकीय तथा पुरातात्विकस्थल मानिन्छ ।
विमानमा ११ जना पर्यटक सवार
पेरुको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा १८ देखि ५४ वर्ष उमेरका ७ जना इटालीका नागरिक, ५२ वर्षका २ जना स्पेनका नागरिक तथा ७७ र ७८ वर्षका २ जना जर्मनीका नागरिक रहेका छन् । यसका साथै विमानका पाइलट अमेरिको सालाजार र सह–पाइलट इरेन्का गुआनिलो डेल कार्पियोको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनाको अनुसन्धान हुँदै
राष्ट्रपति केइको फुजिमोरीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विमानस्थललाई अस्थायी रूपमा बन्द गर्ने विषयमा विचार भइरहेको बताएका छन् । यद्यपि अन्तिम निर्णय सम्बन्धित मन्त्रालयहरूको प्रतिवेदन आएपछि मात्र गरिने उनले बताएका छन् । पेरुका अधिकारीहरूले विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् । यता, एरोडियाना कम्पनीले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...