मुख्य समाचार
प्रशासन कार्यालयले कैलालीका भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरूले अनिवार्य रूपमा आधिकारिक परिचय पत्र देखाएर मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णय
प्रशासन कार्यालयले कैलालीका भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरूले अनिवार्य रूपमा आधिकारिक परिचय पत्र देखाएर मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णय

: तराई मधेस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमपछि जिल्ला प्रशासन कार्यालयले कैलालीका भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरूले अनिवार्य रूपमा आधिकारिक परिचय पत्र देखाएर मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको अन्तर धार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरूले आधिकारिक परिचय पत्र अनिवार्य देखाएर मात्रै प्रवेश गर्नुपर्ने निर्णय गरेको हो।

बैठकले जिल्लाभर धार्मिक तथा सामाजिक सद्भाव सुदृढ बनाउन स्थानीय तहसँग समन्वय गरी उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडा तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन गर्ने निर्णय समेत गरेको हो।

यस्तै, कुनै व्यक्ति वा संस्थाले अर्को धार्मिक समुदायको सम्मानमा आँच पुग्ने गरी बोलेर, लेखेर, संकेत गरेर वा सामाजिक सञ्जालमार्फत लाइक, सेयर तथा पोस्ट गरी धार्मिक सद्भाव बिगार्ने गतिविधि गरे तत्काल कानुनी कारबाही अघि बढाइने निर्णय पनि गरिएको छ।

त्यसैगरी, कैलाली उद्योग वाणिज्य संघ धनगढीको अगुवाइमा शान्ति, सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न राजनीतिक दल, धार्मिक समुदाय, व्यावसायिक संघ–संस्था, सञ्चारकर्मी, नागरिक समाज तथा सर्वसाधारण नागरिकको सहभागितामा साउन १८ गते धनगढीमा ‘नागरिक सद्भाव र्‍याली’ आयोजना गर्ने निर्णय गरिएको छ।

बैठकले कुनै एक धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने सभा, जुलुस वा र्‍याली सकेसम्म नगर्न आग्रह गरेको छ। अपरिहार्य अवस्थामा यस्ता कार्यक्रम गर्दा चर्को ध्वनि उपकरण प्रयोग नगर्न, अर्को धार्मिक समुदायको आस्था र सम्मानमा आँच पुग्ने गतिविधि नगर्न, हातहतियार, लाठी, भाला लगायतका सामग्री प्रयोग वा प्रदर्शन नगर्न तथा सार्वजनिक कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनलाई पूर्वसूचना दिई स्वीकृति लिनुपर्ने निर्णय गरिएको छ। साथै शान्ति–सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरिएको छ।

तराई–मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको धार्मिक द्वन्द्व, हिंसा, आगजनी, तोडफोडका घटनाबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कैलालीमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न तीन बुँदे निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डबाट नेपाल ल्याएको ११ किलो गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन्। थाइल्यान्डबाट नेपालमा लागुऔषध तस्करी गर्न सक्ने शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरू त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको पञ्जाबको लुधियाना घर भएका ३० वर्षीय सोनी,२३ वर्षीय जागरुप सिंह तथा भारतको हरियाणाको करनाल घर भएका २२ वर्षीय साहिल रहेका छन्। लागु ...
: नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने घोषणा गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘देश र कांग्रेस जोड्ने’ नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ ...
: पाकिस्तानस्थित विश्वको १२ औं अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी मृत्यु भएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ नेपाली आरोहीको शव स्वदेश ल्याउन पहल अगाडि बढाइएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै साउन १४ गते (३० जुलाई २०२६) ब्रोड पीकको करिब ६,६०० मिटर उचाइमा क्याम्प–२ बाट क्याम्प–३ ...
: निलगाईसँग मोटरसाइकल ठोक्किँदा महोत्तरीको बर्दिवासमा एक जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–३ काँरेभोगटेस्थित बीपी राजमार्गमा आइतबार भएको सो दुर्घटनामा परी जनकपुरधाम उपमहानगरपालिका–१ घर भएका ३२ बर्षीय बिनयकुमार साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकलले सडक काट्दै गरेको निलगाईलाई ठक्कर दिएको ...
: काभा महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण पुनः नेपालमा नै आयोजना हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकले काभा महिला भलिबल च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २१ सम्म (नोभेम्बर १ देखि७ ) सम्म काठमाडौंमा हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकमा यससँगै अन्य विषयहरुको पनि उठान र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम