मुख्य समाचार
ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले अनियमितताका उजुरीहरूमाथि अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन
ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले अनियमितताका उजुरीहरूमाथि अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन

। ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले अनियमितताका उजुरीहरूमाथि अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेका छन् ।

ऊर्जा मन्त्रालयले प्राधिकरणको ट्रान्सफर्मरको खरिद र तिनको गुणस्तरबारे अध्ययन गर्न सिनियर डिभिजनल इन्जिनियर (सीडीई) राजु महर्जनको नेतृत्वमा समिति गठन गरेको हो । मन्त्रालयका सूचना अधिकारी समेत रहेका महर्जन नेतृत्वको समितिले काम थालिसकेको बताए ।

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले भूमिगत तार व्यवस्थापन र त्यसक्रममा आएका गुनासाहरूको अध्ययनका लागि सञ्चालक समिति सदस्य शम्भु केसीको नेतृत्वमा अर्को समिति गठन गरेको हो ।

दुवै समिति प्राधिकरणको गुणस्तर र सेवा प्रवाहसँग सम्बन्धित छन् ।


नेपाल विद्युत् प्राधिकरणले ग्राहक र सेवाग्राहीको गुनासो सुन्न ११५१ को हटलाइन सेवा सुरु गरेको थियो ।

करिब १५ सय उजुरीमध्ये ठूलो हिस्सामा ट्रान्सफर्मर र भूमिगत तार व्यवस्थापनबारेमा गुनासो आएपछि अध्ययन गर्न समिति गठन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सीडीई महर्जनको नेतृत्वमा गठित समितिले विभिन्न ठाँउको भोल्टेज प्रवाह, बारम्बार विद्युत् आपूर्ति रोकिने समस्या (ट्रिपिङ) लगायत ट्रान्सफर्मरहरूको गुणस्तरबारे समेत अध्ययन गर्नेछ । समितिले काम थालिसकेको छ ।

विद्युत् प्राधिकरणको सञ्चालक समितिले सदस्य शम्भु केसीको नेतृत्वमा गठन गरेको समितिले भूमिगत तार व्यवस्थापन र त्यसमा देखिएका समस्याबारे अध्ययन गर्ने कार्यादेश पाएको छ ।

काठमाडौं उपत्यकाका केही शहरी क्षेत्रमा विद्युत् प्राधिकरणले भूमिगत रूपमा तार व्यवस्थापनको काम थालेको थियो ।

त्यसक्रममा गुणस्तरीय काम नभएको र जोखिम बढेको भनेर प्राधिकरणले सञ्चालन गरेको गुनासो सुन्ने हटलाइनमा बारम्बार उजुरी आएको थियो । त्यसलाई सम्बोधन गर्न अर्को समिति गठन भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसर पारेर जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६’ ९ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ (एफएनजे) जापान शाखाको आयोजना तथा केन्द्रीय समितिको समन्वयमा भएको यस सम्मेलनले प्रवास पत्रकारिताको समीक्षा, लोकतान्त्रिक मूल्यमान्यता, प्रेस स्वतन्त्रता र प्रवासी पत्रकारको पेसागत सुरक्षाका विषयमा गम्भीर मन्थन ...
। राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद युवराज शर्माले सरकारको कार्यशैलप्रति आपत्ति जनाएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले सरकारले जनसरोकारका मुद्दा सम्बोधन गर्नुको साटो सस्तो लोकप्रियता र भ्रमको खेती गरिरहेको आरोप लगाए । सरकारको कानुनी प्रक्रियाको उल्लंघन र बढ्दो ‘पपुलिजम’ (लोकप्रियतावाद) प्रति कडा आपत्ति जनाए । सांसद शर्माले सरकारले लोकतान्त्रिक विधि ...
। तीन महिनाको अवधिमा प्रहरीले ३ हजार ३१६ लागुऔषध कारोबारी पक्राउ गरेको छ । १ वैशाखदेखि असार मसान्तसम्म देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ परेका हुन् । जसमध्ये उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ ...
। मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक सोमबार दिउँसो सडक दुईतर्फ अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, दिउँसो साढे ३ बजेबाट सडक सञ्चालनमा आएको हो । सडक दिउँसो २:१० बजेदेखि सडक अवरुद्ध भएको थियो । यसअघि सोमबार बिहान पनि यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । ...
। एक महिनाकी छोरीको उपचार गराउन भन्दै घरबाट निस्किएकी एक महिलाको शव झिमरुक नदीमा फेला परेको छ । झिमरुक गाउँपालिका–२ गडेरपानीकी २६ वर्षीया बेदना थापाको शव सोमबार झिमरुक गाउँपालिका–५ ढाडस्थित झिमरुक नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार, बिहान करिब १०:३० बजे थापाले ढाडका एक स्थानीयलाई ...