मुख्य समाचार
लागु औषध खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ
लागु औषध खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

। लागु औषध खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रभात तिवारी, सुजन रायमाझी, भुपेन्द्र श्रेष्ठ, सविन श्रेष्ठ नाम गरेका व्यक्ति छन् । उनीहरुलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनीहरुबाट २८९ ग्राम खैरो हेरोइन, बा ७ च ५१८० नम्बरको कार, ट्रामाडोल २२ पत्ता, १ लाख ९८ हजार ३७५ रुपैयाँ, अन्य विदेशी मुद्राहरु, सञ्चार सेट समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले नेपालमा शरणार्थीका रूपमा बसोबास गरिरहेका भुटानी शरणार्थीलाई कानुनी प्रक्रियाअनुसार मिर्गौला प्रत्यारोपण गर्नबाट रोक्न नमिल्ने परमादेश दिएको छ । सोमबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो परमादेश दिएको हो । अदालतले मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी विद्यमान कानुनमा शरणार्थीबारे स्पष्ट व्यवस्था नभएको आधारमा जीवनरक्षक उपचारबाट वञ्चित गर्न नमिल्ने निष्कर्ष निकाल्दै अश्विनी मेडिकल कलेज एण्ड ...
। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा बुझाएको छ । नक्कली कागजातका आधारमा तिब्बती शरणार्थीलाई जर्मन पठाउन खोजेको आरोपमा मुद्दा चलाएको एक सातापछि सीआईबीले भट्टराईलाई पक्राउ गरेको हो । अदालतमा पेस भएपछि भट्टराईको बयान हुनेछ, त्यसपछि अदालतले थुनछेक आदेश गर्नेछ । १७ वर्षअघिको घटना प्रहरीको सीआईबीले जिल्ला अदालतमा पेस गरेको आरोपपत्र ...
। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट खसेको कारको खोजीका लागि गोताखोरसहितको टोली परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको हो । खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदीमा ...
। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू छलफलमा जुटेका छन् । सोमबार अपराह्न उनीहरू ललितपुरमा छलफल गरिरहेका हुन् । छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल लगायत पनि सहभागी छन् । छलफलका विषयहरू खुलाइएका छैनन् । यद्यपि आफूहरू अहिले छलफलमा बसिरहेको ...
। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसर पारेर जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६’ ९ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ (एफएनजे) जापान शाखाको आयोजना तथा केन्द्रीय समितिको समन्वयमा भएको यस सम्मेलनले प्रवास पत्रकारिताको समीक्षा, लोकतान्त्रिक मूल्यमान्यता, प्रेस स्वतन्त्रता र प्रवासी पत्रकारको पेसागत सुरक्षाका विषयमा गम्भीर मन्थन ...