मुख्य समाचार
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू छलफलमा
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू छलफलमा

। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू छलफलमा जुटेका छन् ।

सोमबार अपराह्न उनीहरू ललितपुरमा छलफल गरिरहेका हुन् । छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल लगायत पनि सहभागी छन् ।

छलफलका विषयहरू खुलाइएका छैनन् । यद्यपि आफूहरू अहिले छलफलमा बसिरहेको जानकारी प्रलोपाका संरक्षक जनार्दन शर्माले दिए ।

‘हामी छलफलकै चरणमा छौं । केही निचोड आएपछि जानकारी गराउँछौं, ’ संक्षिप्त कुराकानीमा शर्माले भने ।


जसपा नेपालका अध्यक्ष यादवले पनि छलफलमा रहेको बताए । यद्यपि निष्कर्ष केही नआएको र निचोडबारे पछि जानकारी गराइने उनले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एमालेका विदेश विभाग प्रमुख एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले भारत र चीनसँग सन्तुलित र सक्रिय सम्बन्ध कायम नगरी अघि बढ्न नसक्ने बताएका छन्। सोमबार एमालेको परराष्ट्र मामिला विभागद्वारा आयोजित पत्रकार अन्तर्क्रियामा बोल्दै उनले दुवै छिमेकीसँग विश्वासको वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए। ‘भारत र चीनसँग इन्गेज नभई नेपाल अघि बढ्न सक्दैन’ उनले भने,’नेपालको सबैभन्दा ...
। नेपालमा सन् २०२६ जुलाईमा ७१ हजार ७ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । जुलाई मध्य मनसुन याम हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संख्या गत वर्ष जुलाईको तुलनामा २.३ प्रतिशत बढी हो । २०२५ जुलाईमा ७० हजार १ सय ९३ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक ...
। नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्ना आर्थिक अनियमिमता भएको विषयमा सार्वजनिक लेखा समिति गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो । उक्त छलफलमा भाग लिँदै उनले कुनैपनि निकायमा भएको आर्थिक अनियमितताको विषय समितिले हेर्न पाउनुपर्ने बताए । ‘सार्वजनिक लेखा समिति जनताको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले संसदीय समितिमा परेका उजुरी वर्षौंसम्म टुंगोमा नपुग्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो । उक्त छलफलमा भाग लिँदै रास्वपा महामन्त्री समेत रहेका आचार्यले समितिमा आउने उजुरीलाई छुट्टाछुट्टै घटनाका रूपमा मात्र नभई ...
। अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग सरकारले वार्ता सुरु गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा केहीबेर अघिबाट वार्ता सुरु भएको हो । स्वास्थ्य मन्त्रालयको सचिवालयका अनुसार वार्तामा ज्योति रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन् । मन्त्रालयको तर्फबाट स्वास्थ सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा.संगीता मिश्रका साथै मन्त्रीका ...