मुख्य समाचार
होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सिपमूलक तालिम प्रदान गरी रोजगारीसँग आबद्ध गराउने प्रक्रिया अघि बढाउने निर्णय
होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सिपमूलक तालिम प्रदान गरी रोजगारीसँग आबद्ध गराउने प्रक्रिया अघि बढाउने निर्णय

। युवा, श्रम तथा रोजगार मन्त्रालयले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सिपमूलक तालिम प्रदान गरी रोजगारीसँग आबद्ध गराउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यसहित आवश्यक तालिम सञ्चालन गरी रोजगारमा जोड्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा भक्तपुरका खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सुकुमवासीमाथि गरिएको रोजगारी तथा तालिम आवश्यकता मूल्यांकनको नतिजामाथि छलफल गरिएको थियो ।

मूल्यांकनका क्रममा सरसफाइ, माली, साना व्यवसाय सञ्चालन, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङलगायतका क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिहरूको पहिचान भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।


उनीहरूलाई उपयुक्त रोजगारीका अवसरसँग आबद्ध गराउन पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत आवश्यक सिपमूलक तालिम सञ्चालन गर्ने र रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढाइने निर्णय बैठकले गरेको छ ।

बैठकमा मन्त्री यादवले सुकुमवासीलाई रोजगारी उपलब्ध गराउने विषयलाई सबै सम्बन्धित निकायले उच्च प्राथमिकतामा राखी प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो । आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो ...
। एमालेका विदेश विभाग प्रमुख एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले भारत र चीनसँग सन्तुलित र सक्रिय सम्बन्ध कायम नगरी अघि बढ्न नसक्ने बताएका छन्। सोमबार एमालेको परराष्ट्र मामिला विभागद्वारा आयोजित पत्रकार अन्तर्क्रियामा बोल्दै उनले दुवै छिमेकीसँग विश्वासको वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए। ‘भारत र चीनसँग इन्गेज नभई नेपाल अघि बढ्न सक्दैन’ उनले भने,’नेपालको सबैभन्दा ...
। नेपालमा सन् २०२६ जुलाईमा ७१ हजार ७ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । जुलाई मध्य मनसुन याम हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संख्या गत वर्ष जुलाईको तुलनामा २.३ प्रतिशत बढी हो । २०२५ जुलाईमा ७० हजार १ सय ९३ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक ...
। नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्ना आर्थिक अनियमिमता भएको विषयमा सार्वजनिक लेखा समिति गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो । उक्त छलफलमा भाग लिँदै उनले कुनैपनि निकायमा भएको आर्थिक अनियमितताको विषय समितिले हेर्न पाउनुपर्ने बताए । ‘सार्वजनिक लेखा समिति जनताको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले संसदीय समितिमा परेका उजुरी वर्षौंसम्म टुंगोमा नपुग्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो । उक्त छलफलमा भाग लिँदै रास्वपा महामन्त्री समेत रहेका आचार्यले समितिमा आउने उजुरीलाई छुट्टाछुट्टै घटनाका रूपमा मात्र नभई ...