। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले मन्त्रालयको अगाडि फेरि नेल लगाएर उभिनुपर्ने भए पनि आफू तयार रहेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको छ ।
उक्त छलफल प्रक्रियामा भाग लिने क्रममा सांसद सुनारले यस्तो बताएका हुन् ।
‘यदि मैले मन्त्रालयको अगाडि नेल लगाएर उभिने हो भने त तयार छु फेरि । यसरी गरिब र दलितको नाममा आएको पैसामा कतै भ्रष्टाचार हुन्छ भने यो कुरा सह्य हुँदैन । यहाँ समितिका कर्मचारी साथिहरुलाई पनि उजुरीउपर परिणाम आउनेगरी काम गर्नुपर्यो,’ सांसद सुनारले भने ।
सरकार तथा गैरसरकारी संघसंस्थाको नाममा भइरहेका बदमासीबारे समितिको ध्यान पुग्नुपर्ने बताएका छन् ।
‘एनजीओ आईएनजीओका नाममा भएका बदमासी, यी आयोगका नाममा भएका बदमासी, यी संघ संस्थाका नाममा भएका बदमासीको विषयमा तत्काल मन्त्रालय र सम्बन्धीत निकायले ध्यान देओस्,’ सांसद सुनारले भने ।
समितिले आफ्नो कार्यक्षेत्र हेरेर वा सम्बन्धित निकायको ध्यानाकर्षण गराएर मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितता निर्मुल पार्न भूमिका खेल्नुपर्ने बताए ।
सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेका छन् । ती उजुरीहरुको प्रकृतिको आधारमा उपसमिति गठन गरी अध्ययन तथा कारबाही प्रक्रिया अगाडि बढाउने समितिको तयारी छ ।
समितिमा बोल्ने अधिकांश सांसदहरुले समितिमा आएकामध्ये कतिपय उजुरीहरु अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत परेको उल्लेख गर्दै सबै कागजातको अध्ययन गरेर मात्र कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।