मुख्य समाचार
कालोपत्रे उप्किएपछि धनकुटाको हिले-भीरगाउँ सडक निर्माणको म्याद थप
कालोपत्रे उप्किएपछि धनकुटाको हिले-भीरगाउँ सडक निर्माणको म्याद थप

। धनकुटा नगरपालिकाको वडा नं. १ र २ जोड्ने हिले–भीरगाउँ–मधुगंगा सडकअन्तर्गत हिलेबाट गाँजर चोक मुनिसम्म गरिएको कालोपत्रे केही समयमै उप्किन थालेपछि निर्माणको म्याद पुन: थपिएको छ ।

हिउँदमा गर्नुपर्ने काम निर्माण व्यवसायीले असारमा हिलोमाटोमाथि नै कालोपत्रे गरेको आरोप स्थानीयले लगाएका छन् । कालोपत्रे गरिएको धेरै स्थानमा सतह उप्किएर माटो देखिन थालेपछि सडक प्रयोगकर्ताले निर्माणको गुणस्तरमाथि प्रश्न उठाएका छन् । कम सवारी चाप भएको सडकमै यस्तो अवस्था देखिएपछि स्थानीय थप आक्रोशित बनेका छन् ।




विश्व बैंकको सहयोगमा सञ्चालित नेपाल सहरी सुशासन तथा पूर्वाधार आयोजना अन्तर्गत धनकुटा नगरपालिकाले सुनसरीको धरानस्थित आशिष–आशिर्वाद–स्वामीनारायण जेभीलाई भ्याट र अस्थायी रकमसहित ३२ करोड ७७ लाख ४३ हजार ८ सय ६८ रुपैयाँ ४० पैसामा ठेक्का दिएको थियो । सम्झौताअनुसार २०८० चैत ३० गते (१२ अप्रिल २०२४) सुरु भएको काम २०८२ असार ३१ गते (१५ जुलाई २०२५) भित्र सम्पन्न हुनुपर्ने थियो । तर समयमै काम पूरा नभएपछि यसअघि दुई पटक म्याद थप गरिएको थियो ।

पछिल्लोपटक कालोपत्रेको गुणस्तरमा समस्या देखिएपछि गत असारमा तेस्रो पटक भदौ मसान्तसम्म म्याद थपिएको धनकुटा नगरपालिकाका योजना तथा अनुगमन अधिकृत सीताराम गौतमले बताए ।


स्थानीयका अनुसार निर्माण कम्पनीले अन्तिम समयमा हतारमा काम सक्ने प्रयास गर्दा कमसल सामग्री प्रयोग गरेको र त्यसकै परिणामस्वरूप कालोपत्रे उप्किएको हो ।

धनकुटा नगरपालिका–२ का वडाध्यक्ष चन्द्रलाल तामाङले केही समयअघि सडकको कालोपत्रे हातैले उप्काएर गुणस्तर कमजोर रहेको देखाएका थिए । उनका अनुसार पटकपटक अनुगमन गरी निर्माण कम्पनीलाई सचेत गराइए पनि पर्याप्त सुधार हुन सकेको थिएन । त्यसपछि निर्माण कम्पनीसँग छलफल गरी गुणस्तरहीन भाग पुन: निर्माण गर्ने प्रतिबद्धता लिइएको उनले बताए ।



नगरपालिकाका अनुसार करिब ७.३ किलोमिटर सडक स्तरोन्नतिको काममध्ये ३.३ किलोमिटरमा ढलान सम्पन्न भइसकेको छ भने बाँकी ४ किलोमिटरमा अस्फाल्ट कालोपत्रे भइरहेको छ । यसमध्ये करिब ३ किलोमिटरमा कालोपत्रे गरिए पनि करिब ८ सय मिटर क्षेत्रमा गरिएको काम गुणस्तरीय नदेखिएकाले पुन: गर्न निर्देशन दिइएको छ ।

अझै करिब १ हजार २ सय मिटर सडकमा कालोपत्रे गर्न बाँकी रहेको छ । निर्माण कम्पनीले गुणस्तर नपुगेका सबै भाग आफ्नै खर्चमा पुन: निर्माण गर्ने सहमति गरेको गौतमले बताए ।

कालोपत्रेको गुणस्तर परीक्षणका लागि सुरु बिन्दुदेखि रानीबनसम्मका नमुना काटेर सुनसरीस्थित पूर्वाञ्चल सिभिल इन्जिनियरिङ ल्याबोरेटरी प्रालिमा परीक्षण गरिएको छ । परीक्षणमा कमजोरी देखिएका स्थानमा पुरानो तह हटाएर पुन: कालोपत्रे गर्ने, आवश्यक स्थानमा आधार तह सुधार गर्ने तथा प्राविधिक मापदण्ड पूरा गराएर मात्र सडक हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ । वर्षायामपछि बिग्रिएका खण्डको मर्मत सम्पन्न भएपछि मात्रै सडक उद्घाटन गरिने पनि जनाइएको छ ।

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईका अनुसार कालोपत्रेको सम्पूर्ण कामको गुणस्तर परीक्षण र प्राविधिक मापदण्ड पूरा भएको पुष्टि भएपछि मात्रै अन्तिम भुक्तानी गरिनेछ । हालसम्म ढलानतर्फको केही रकम भुक्तानी भए पनि षडेश्वर मन्दिरदेखि करिब तीन किलोमिटर सडकमा गरिएको कालोपत्रेको भुक्तानी रोकिएको उनले बताए । निर्माण कम्पनीले आवश्यक सुधार नगरेसम्म अन्तिम भुक्तानी नदिइने उनको भनाइ छ ।

२०५७ सालमा स्थानीयले ९६ दिन जनश्रमदान गरेर ट्र्याक खोलेको हिले–भीरगाउँ सडक अहिले विश्व बैंकको सहयोगमा कालोपत्रे भइरहेको छ । सुरुमा स्थानीयको आवतजावत सहज बनाउने उद्देश्यले निर्माण गरिएको यो सडक अहिले धनकुटा नगरपालिकाको रिङरोड अवधारणाको महत्वपूर्ण हिस्सा बनेको छ ।

माथिल्लो खण्डमा कालोपत्रे भइरहे पनि बिहीबारेहाट–मालबाँसे–भीरगाउँ–मधुगंगा खण्ड स्तरोन्नति हुन बाँकी रहेकाले रिङरोड अवधारणा भने अझै पूर्ण हुन सकेको छैन । तर माथिल्लो खण्डमा सडक स्तरोन्नति भएसँगै चोक्रोक, भीरगाउँ, गाँजर चोक, मधुगंगाधामलगायतका क्षेत्रको पहुँच भने उल्लेखनीय रूपमा सहज बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको स्वीकार गरेका छन् । सोमबार २४ औं बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् । ‘हामी प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने, सरकार बनाउने, सरकार गिराउने, त्यसैमा सफलता देख्ने ...
जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले शैक्षिक परामर्श क्षेत्रलाई सरकारले नियन्त्रण नभई नियमन गर्न खोजेको स्पष्ट पारेका छन् । सोमबार काठमाडौंमा आयोजित ’शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ को कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावनाबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । सचेतक परियारले परामर्श व्यवसायीहरूलाई मानव बेचबिखनको ...
। बाजुरामा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । बडिमालिका-७ धम्कनेका ५१ वर्षीय रामे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो । उनीकी श्रीमती नाम्सरी थापा पनि गम्भीर बिरामी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
। नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन विकास बजेटको खर्च बढाउनुपर्ने र खुला अर्थतन्त्रको मर्मअनुसार नीतिहरू तर्जुमा हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना’ विषयक छलफलमा बोल्दै उपाध्यक्ष श्रेष्ठले वर्तमान बजेट संरचना ...