मुख्य समाचार
अखाद्य वस्तु तथा मापदण्डविपरीत कारोबार गर्ने चार व्यवसायलाई २० हजार जरिवाना
अखाद्य वस्तु तथा मापदण्डविपरीत कारोबार गर्ने चार व्यवसायलाई २० हजार जरिवाना

। धनकुटा बजार क्षेत्रमा गरिएको छड्के बजार अनुगमनका क्रममा खाद्य मापदण्ड उल्लंघन गरेको तथा उपभोक्ता हितविपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि एउटा दुग्ध डेरीसहित तीन मिठाई तथा होटल व्यवसायलाई जनही पाँच हजार रुपैयाँका दरले कूल २० हजार रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनकुटा नगरपालिका, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय तथा नेपाल पत्रकार महासंघ धनकुटाको प्रतिनिधिसहितको संयुक्त टोलीले भीमनारायण चोकदेखि मदनचोकसम्म सञ्चालित मिठाई पसल, होटल, बिस्कुट उद्योग र डेरीमा छड्के अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा न्यू भुलेन होटल, विद्यानन्द मुखियाद्वारा सञ्चालित मिठाई पसल र हेलो ब्रदर स्वीट एण्ड चाट हाउसमा सरसफाइको अवस्था सन्तोषजनक नरहेको, एउटै तेल पटकपटक प्रयोग गरिएको र बिल जारी नगरेको तथा कारोबारको अभिलेख नराखेको पाइएपछि जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यसै गरि दुग्ध डेरी पसलमा बिक्रीका लागि राखिएका दुग्धजन्य पदार्थमा आवश्यक लेबल नराखिएको तथा बिलको अभिलेख नराखिएको पाइएपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा अधिकांश मिठाई पसलमा एउटै खाने तेल पटक–पटक प्रयोग गरिएको, सरसफाइमा कमी रहेको, मूल्यसूची नराखिएको तथा उपभोक्ता अधिकारसम्बन्धी मापदण्डको पूर्ण पालना नभएको अवस्था देखिएको अनुगमन टोलीले जनाएको छ । टोलीले व्यवसायीलाई खाद्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन पनि दिएको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । उनले अनुगमनका क्रममा मापदण्डविपरीत भेटिएका चार व्यवसायलाई तत्काल जरिवाना गरिएको र आगामी दिनमा पनि यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिइएको बताए ।

यसैबीच, अनुगमनका क्रममा केही मिठाई पसलबाट म्याद गुज्रिएका तथा खान अयोग्य खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो समय बजारमा गुणस्तरहीन खाद्य सामग्री बिक्री भइरहेको, उपभोक्ता ठगिएको तथा सरसफाइसम्बन्धी गुनासो बढ्दै गएपछि बजार अनुगमनलाई निरन्तरता दिइएको हो । टोलीले सबै होटल, मिठाई पसल, डेरी तथा खाद्य व्यवसायीलाई नियमित सरसफाइ गर्न, व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न, अनिवार्य रूपमा बिल जारी गर्न, मूल्यसूची राख्न, खाद्य पदार्थमा आवश्यक लेबल प्रयोग गर्न तथा प्रचलित खाद्य ऐन र नियमावलीको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा केही दिनअघि धनकुटा नगरपालिका वडा नं. ७ अस्पताल छेउमा रहेका होटलहरुमा छड्ने अनुगमन गरि एक होटलमा सरसफाइको कमी लगायतका समस्या देखिएपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले तीन महिनाको अवधिमा हात हतियारसम्बन्धी मुद्दामा देशभरबाट ८४ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको हो । जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ ...
: नेकपा एमालेका सांसद गुरु बरालले सुनसरीलगायतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् । उनले गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरे पनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे ...
: पर्साको बिन्दवासिनीबाट प्रहरीले पीकअप गाडीमा तस्करी गर्न लागिएको ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजनालाई फक्राउ गरेको छ । प्रहरीले लागूऔषधको तस्करीमा प्रयोग गरिएको पीकअप गाडी पनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार,बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप ...
: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले देशमा ठूलो संकट टरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद खरेलले संकटका बेला सबै नेपाली एक ठाउँ आउने विगतदेखिकै इतिहास रहेको बताउँदै उनले पछिल्लो समय तराई–मधेसमा देखिएको समस्या सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरेको दावी गरे । उनले यस पटक सुनसरी–सिरहाको घटनामा त्यहि देखिएको बताउँदै उनले ...
: सोलुखुम्बुमा आफ्नै हजुरबुबाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफ्नै हजुरबुबा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या आरोपमा प्रहरीले सोलुदुधकुण्ड नगरपालिका–१ लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निरबहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट ...